Image and video hosting by TinyPic

साहको निलम्बन फिर्ता हुनुपर्ने माग गर्दै धनुषा बन्द


 बर्दिबास १४ पुस । सभासद संजयकुमार साहलाइ निलम्वन फिर्ताको माग गर्दै मधेस क्रान्ति फोरम नेपाल ,धनुषा आन्दोलनमा उत्रिएको छ ।  निलम्वन फिर्ताको माग गर्दै मधेस क्रान्ति फोरम नेपालले आज धनुषा बन्दको आहवान गरेको छ । यस अघि  फोरमले हिजो साँझ जनकपुरमा मशाल जुलुस प्रदर्शन गरेको थियो । बन्दका कारण आज बिहानैदेखि जनकपुरबाट छुट्ने लामो तथा छाटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार ,पसल, शिक्षण संस्था पनि पुर्ण रुपमा  ठप्प भएका छन् । चोक चोकमा क्रान्त्ति फोरमका कार्यकर्ताहरु टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । संसदमा बोल्नका लागि आफुलाइ समय नदिएको भन्दै सभासद साहले गत ७ गते संसद भवनमा माइक तोडफोड गरेपछि सभामुख सुवाषचन्द्र नेम्वाङले सभासद साहलाइ १० दिनका लागि सभासदवाट निलम्वन गरिएको हो । विभेदपूर्ण नीति अपनाउदै सभामुखले सभासद साहमाथि यस्तो कारबाही गरेको भन्दै आंदोलनमा उत्रेको क्रान्ति फोरमले जनाएको छ ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!