Image and video hosting by TinyPic

शान्ति र संविधान निर्माण निर्णायक चरणमाः प्रचण्ड



१५ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु परिर्वतनसहितको शान्ति र संविधान निर्माणको निर्णायक चरणमा रहेको बताउनु भएको छ ।
तमु ल्होछारको अबसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रचण्डले गुरुङहरुको नयाँ वर्ष शान्ति र संविधानको वर्ष हुन सकोस् भनि कामना गर्नु भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको निर्णयक भूमिका रहेका भन्द्र प्रचण्डले भन्नुभएको छ-’सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा हाम्रो पार्टीको अग्रणी भूमिका रहेको र त्योसँग तमु राष्ट्रियतामा आधारित तमुवान राज्यको सबभन्दा पहिले घोषणा गर्ने पनि हाम्रो पार्टी नै भएको तथ्य सर्वविदितै छ ।’
प्रचण्डले जनताको संघीय गणतन्त्ररूपी बगैंचामा मात्रै विभिन्न जात, जाति/जनजाति र राष्ट्रियताका सयौं फूलहरू फक्रन सक्छन् भन्ने आफ्नो पार्टीको अटल विश्वास रहेको उल्लेख गर्नु भएको छ ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!