Image and video hosting by TinyPic

सर्लाहीको अत्रौली र सासापुरबाट लाखौ मुल्यको विद्युतीय सामाग्री बरामद, विद्युत सेवा साचालन भएपिछ सर्लाहीको हरिवन बेतालीका बासिन्दा हर्षित


पुस १४ ,नेपाल विधुत प्राधिकरण लालबन्दी प्रशाखाले विधुत चुहावट नियन्त्रण अभियान अन्र्तगत सर्लाहीकॊ अत्रौली र सासापुरबाट भण्डै एकलाख मुल्य बराबरको विद्युतीय सामाग्री बरामद गरेको छ ।

बिधुत प्राधिकरण लालबन्दी प्रशाखा प्राविधिक मोहन श्रेष्ठ र नवलपुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बासुदेव धितालको नेतृत्वमा गएको टोलिले सो मसल्य बराबरको विद्युतिय सामाग्री बरामद गरेको हो । टोलीले विद्युत चोरी गरी प्रयोग गरिरहेको पाइएपछि अत्रौली र सासापुरबाट सर्मसियल र ठूलो गरी ५ थान विद्युतीय मोटर र ३ थान मिटर र तार नियन्त्रणमा लिएको लालबन्दी प्रशाखाले जनाएकॊ छ ।

अभियानका क्रममा अत्रौली ३ का पंन्चलाल बलले विद्युत चोरी गरी मिल चलाई रहेको पाएपछि १५ हर्ष पावरको मोटर १ थान अत्रौली १ का लक्ष्मण महतोको घरबाट २ थान सोही स्थानका राम दिनेश साहको घरबाट एक थान र शाशापुरका ३ का रामआशिष महतोको घरबाट १ थान इनारबाट पानी तान्न प्रयोग गरिने मोटर र तिन थान विद्युतिय मोटर बरामद गरिएको प्रशाखा लालबन्दीका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिनुभयो । चोरी नियन्त्रण अभियान यसैगरी निरन्तर चलिरहने लालबन्दी प्रशाखाका इन्चार्ज मोहन िसंहले बताउनुभयो ।

यसैबीच झण्डै एक महिनादेखि अवरुद्ध विद्युत सेवा साचालन भएपिछ सर्लाहीको हरिवन गाविस वडा नं। १ बेतालीका बासिन्दा खुशी भएका छन् । एक महिनाअघि बिग्रेको ट्रान्सफर्मर मर्मत विद्युत प्राधिकरणले मर्मत गरिदिएपछि विद्युत साचालनमा आएको हो । गाउँमा रहेको ५० केभीको ट्रान्सफर्मरको मर्मत भएपछि बेताली सहित ढंग्रेखोला-३ केराबारीको समेत गरेर झण्डै पाँच सय घरधुरी लाभान्वित भएका छन् । हाल जडान गरिएको ट्रान्सफर्मरले भोल्टेज पनि राम्रो दिइरहेकोले स्थानीयबासिन्दा खुशी भएका हुन् । तर लोडसेडिङ समय बाहेक पनि पटक पटक बिजुली जाने समस्या भने नहटेको स्थानीयवासीन्दाले गुनासो गरेका छन् ।

उता खोटाङका विभिन्न ठाउँमा पछिल्लो समय विद्युत विस्तार भए पनि ईनर्जी मिटरको अभावमा सेवाग्राहिले वत्ति वाल्न पाएका छैनन् । जिल्लामा ३ महिना अघिबाट सकिएको विद्युत ईनर्जी मिटर अझै सम्म पनि आउन नसक्दा सेवाग्राही मारमा परेका हुन् । गाउँमा विद्युत पुगेपछि खुशी भएका उनीहरु ईनर्जी मिटरको अभावमा विद्युत प्रयोग गर्न नपाएपछि दुखि भएका छन् । विद्युत विस्तार भएको दोर्पा चिउरीडाँडा ४ बुवालुङका ७० भन्दा वढि परिवारले विद्युत प्रयोग गर्न नपाएका हुन् ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!