Image and video hosting by TinyPic

खसी कप नक आउट फुटबलमा विर्ता विजय


महोत्तरीको फुल्काहा जमुनियामा जारी खसी कप नक आउट फुटबलमा मंगलबार गौशाला विर्ता विजय भएको छ । आयोजक जमुनिया ए लाई विर्ताले तीनका बिरुद्ध चार गोल गरी विजय भएको हो । जमुनियाका तर्फबाट अरुण चौधरीले तीन गोल गर्न सफल भएका थिए । विजेता विर्ताको तर्फबाट धिरेन्द्र चौधरी २ गोल, इन्दल राउत, र जितेन्द्र चौधरीले एक÷एक गोल गरेको आयोजक ओम शक्ति युवा क्लब जमुनियाक रामप्रवेश राउतले बताए । बुधबारको असनमा सर्लाही र हतिसर्वा महोत्तरी बिच हुने आयोजकले जनाएको छ । यता विस्तृत शान्ति सम्झौता भएको छ वर्ष पुरा भएको अवसरमा मंगलबार सर्लाहीको पत्थरकोटमा मैत्रीपूर्ण फुटबलमा राजनीतिक दल तथा सामाजिक कार्यकर्ताको समूह विजयी भएको छ । त्रीशक्ती समाज सेवा क्लब पत्थरकोटले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा  शिक्षक तथा कर्मचारीहरुको समूहलाई २ का बिरुद्ध ७ गोल गर्दै  राजनीतिक दल तथा सामाजिक कार्यकर्ताको समूह विजयी भएको क्लबका सचिव नारायण गुर्मछान मगरले बताए ।

!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!