Image and video hosting by TinyPic

अंग्रेजी नयाँ वर्ष कसरी मनाउँदै छन् नेपाली कलाकार ?


हुन त नेपालीहरु विक्रम संवतलाई नयाँ वर्षको रुपमा मनाउँछन् । तर पछिल्लो समय भित्रिएको पाश्चत्य शैलीका कारणले पनि हुनसक्छ, नेपालीहरुको घरघरमा पनि इस्वी संवत अर्थात अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउन थालिएको छ । यसैले पनि होला नयाँ वर्षको आगमन सगँसँगै नेपालीहरुलाई पनि यसको रौनकले छोईसकेको छ । झन नयाँ वर्षको उत्सवमा त कलाकारलाई यसको रौनकले नछुने कुरा नै भएन ।
नेपाली सिने क्षेत्रका कलाकारहरु पनि नयाँ वर्षलाई आआफ्नै तरीकाबाट मनाउने तयारी गर्दैछन् । आखिर अंग्रेजी नयाँ वर्षलाई नेपाली कलाकारले कसरी मनाउँदैछन् त ? कुरा थाहा पाऔं उनीहरुकै भनाईबाट ।

केकी अधिकारी
यसपटक मेरो नयाँ वर्ष दुई तरीबाट बित्दैछ । नयाँ वर्षको अघिल्लो दिन अर्थात डिसेम्वरको अन्तिममा ‘आई एम सरी’को युनिटसँग मनकामना जाँदैछु । चलचित्र चल्न लागेकाले सिनेमाको भाकल गर्नका लागि जाने कुरा भएको छ । यसैले नयाँ वर्षको दिन मनकामना हुनेछु । त्यसपछि भने पूरा समय परिवारलाई दिने सोचाईमा छु । हाम्रो परिवारमा पहिलादेखि नै नयाँ वर्ष मनाउने चलन छ । यसैले पनि म दिनभर परिवारसँगै नै हुन्छु । घरमा ईष्टमित्रहरु आउनुहुन्छ । उहाँहरुसँग रमाईलो गरेर, मिठा परिकार बनाएर खाँदै नयाँ वर्ष मनाउने सोचमा छु म ।

ऋचा घिमिरे
मेरो यसपटकको नयाँ वर्ष निकै उत्साहजन तवरबाट बित्नेछ । यो नयाँ वर्षको दिनमा म घरमै हुनेछु । किनकी नयाँ वर्षमा जे जे गर्यो वर्षभरी नै त्यही गरिने भएकाले पनि घरमा बसेर नयाँ नयाँ काम सिक्ने योजनामा छु । तर न्यू ईयर ईभमा भने मजाले नाच्ने योजनामा छु । अष्ट्रेलियाका केही साथीहरुले चाबहिलमा रेष्टुरेण्ट खोलेका छन् । यसपटक पूरा परिवार र साथीभाइको साथमा सोही रेष्टुरेण्टमा गएर धित खोलेर नाच्ने योजनामा छु । यसका लागि हामीले डिजेहरुको व्यवस्था समेत गरिसकेका छौं । यसैले नयाँ वर्षको अघिल्लो दिन रेष्टुरेन्टमा गएर नाचिन्छ र नयाँ वर्षको दिन घरमै बिताउने योजना छ । म अंग्रेजी होस् या नेपाली नयाँ वर्ष निकै खुलेर मनाउने गर्दछु । किनकी, कुनै पनि राम्रा अवसर म गुमाउन चाहन्न ।

गरीमा पन्त
यो वर्षको नयाँ वर्ष मेरो नेपाल बाहिर बित्नेछ । यो वर्ष म एक साँकृतिक कार्यक्रमका लागि कतार जाँदैछु । यसैले यो वर्षको नयाँ वर्ष बिदेशमा रहनु भएका नेपालीहरुलाई रमाईलो गराएर नै बित्नेछ । डिसेम्वर २९ या ३० मा म सहित ६ जना कलाकारको टोली त्यसतर्फ लाग्नेछ । हाम्रो नयाँ वर्षको दिन त्यहाँ कार्यक्रम भएकाले पनि हामी उतै रमाईलो गर्ने मुडमा छौं । ५ दिने सांकृतिक कार्यक्रम भएकाले उतै घुमघाम गर्ने र रमाईलो गर्ने मुडमा छु म । तर, नेपालमा हुने बिभिन्न कार्यक्रमलाई भने धेरै नै मिस गर्नेछु मैले ।

आयुष रिजाल
म अंग्रेजी महिना मनाउँदिन । कारण हामी नेपालीहरुको नयाँ वर्ष भनेको बिक्रम संवत हो । यसैले, म बिक्रम संवतको नै प्रतिक्षामा छु । नयाँ वर्ष हाम्रो चाड नभएकाले पनि यसप्रति मेरो कुनै उत्साह छैन । तर शुभकामना आदानप्रदान तथा साथीभाइसँगको भेटघाट त भैहाल्छ नै । तर, पनि नयाँ वर्षका लागि मैले खासै केही कार्यक्रम बनाएको भने छैन । सायद, यो दिनमा पनि म सुटिङमा नै व्यस्त हुन्छु होला ।

श्रीकृष्ण श्रेष्ठ
नयाँ वर्ष म अंग्रेजीलाई मान्दिन । कारण, हामी नेपालीहरुले मान्दै आएको र हाम्रो नयाँ वर्ष भनेको बिक्रम संवत हो, जुन हामी वैशाख १ लाई मनाउँछौ । यसैले म यो अंग्रेजी नयाँ वर्षमा कुनै त्यस्तो कार्यक्रम बनाएर बसेको छैन । तर, अंग्रेजी नयाँ वर्षबाट म एउटा कामको थालनी गर्दैछु । जसको उद्घाटन भने नेपाली नयाँ वर्षमा गराउने मेरो योजना छ । अब, म मेरो नयाँ व्यवसायको तयारीमा रहनेछु ।

!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!