अपोजिटमा हुनेछन् अभिनेता राजवल्लभ कोइराला जो यसअघि अडिसनबाट सेलेक्ट भैसकेका छन् । सुयसाले विभिन्न अन्तराष्ट्रिय इन्स्टिच्युटहरूबाट कलाकारिताको तालिम पनि लिइसकेकी छिन् । निर्माता श्रेष्ठका अनुसार नेपालबाट बाँकी पाँचवटा भूमिकाका लागि केही सातामा अडिसन सुरु हुनेछ । आफ्नो टोलीसहित श्रेष्ठ डिसेम्बर अन्त्यमा लोकेसन हन्टिङ र अडिसनका लागि काठमाडौं आउँदैछन् । सोसल लाइट ड्रामा श्रेणीको सिनेमाको सुटिङ फेव्रुअरी पहिलो साताबाट सुरु हुनेछ ।
फिप्टी प्रोडक्सनले निर्माण गर्ने प्रोजेक्टलाई रिक म्याक फारल्यान्डले निर्देशन गर्नेछन् । श्रेष्ठले यस सिनेमालाई इन्डिपेन्डेन्ट सिनेमा भएको बताए । नेपालका रमणीय ठाउँहरूमा सिनेमा छायांकन हुनेछ । बाँकी नेपाली अभिनेत्रीहरूका लागि यसअघि माल्भिका सुब्बा र केकी अधिकारीले बायोडाटा बुझाएको खबर आएको थियो ।