Image and video hosting by TinyPic

उत्कृष्ट गोलकर्ता सागर थापालाई सम्मान


काठमाडौ, पुस १४ - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापालाई बिहीबार राजधानी हिमालयन शेर्पा क्लबले नगद रु ५० हजारसहित ताम्रपत्रद्वारा सम्मान गरेको छ ।
हिमालयन शेर्पा क्लबका समेत कप्तान रहेका सागरले गत महिना भारतको नयाँदिल्लीमा सम्पन्न साफ च्याम्पियनसिपमा बङ्गलादेशविरुद्धको खेलमा आकर्षक गोल गरेर नेपालको प्रतिष्ठा बढाएको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।
अध्यक्ष शेर्पाले भन्, 'सागरले खेलको अतिरिक्त समयको अन्तिम क्षणमा गरेको गोलले नेपालको नाम फेरि एकपटक विश्वका खेलप्रेमीले सुन्ने मौका पाएका छन् ।’
सम्मानित कप्तान सागरले यस्ता सम्मान र पुरस्कारले खेलाडीको मनोबल उच्च हुने भएकाले आगामी दिनमा पनि खेलाडीलाई सम्मान र पुरस्कार प्रदान गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपालले साफ च्याम्पियनसीपमा बङ्गलादेशलाई १८ वर्षपछि पराजित गरेको हो ।
खेलाडी सागरलाई सम्मान गर्दै सभासद् जिपछिरिङ लामाले भालिदेखि पोखरा र बुटवलमा एकैसाथ सञ्चालन हुने राष्ट्रिय लिगमा सहभागी हुने सबै खेलाडीलाई उत्कृष्ट प्रदर्शनका निम्ति शुभकामना समेत दिए ।
राष्ट्रिय लिगमा ‘ए’ डिभिजना क्लबका आठ र मोफसलका दुई गरी जम्मा १० टिमको सहभागिता रहेको छ । सभासद् लामाले हिमालयन शेर्पा क्लबका १२ जना एकदर्जन आजीवन सदस्यलाई ताम्रपत्रद्वारा सम्मान गरेका थिए ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!