Image and video hosting by TinyPic

निखीलको कम ब्याक


हुँदाखादाको सफल करिअरलाई लत्याउदै डेढ बर्षअघि मुम्बई हानिएका निखिल उप्रेतीले लामो समय  पश्चात परिचय नामक फिल्म खेल्दै कलिउड कम्ब्याक गरे ।
भारतीय निर्देशक अशोक पाण्डे निर्देशित साथै  उतैकी नायिका मोनिका बेदीसंग लिड रोलमा  उनले खेलेको उक्त सिनेमा  अब प्रदर्शनको लागि तयारी भएको छ । सिनेमाको फष्टलुक पोष्टरमा भिन्न लुक्समा देखिएका निखिल वान्स अपन अ टाईम ईन मुम्बईको अजय देवगण जस्ता देखिएका  छन् । रिलिज सम्बन्धमा बुधबार आयोजना गरिएको  प्रेस भेटघाटमा  चलचित्रका निर्माता संजय नरेन्द्र  र निर्देशक पाण्डेले फिल्म उत्कृष्ट बनाउन कुनै कन्जुस्याई नगरेको दावी सहित निखिलको करिअरलाई परिचयले यूटर्न गराउने विश्वास ब्यक्त गरे ।

संघर्षको समयमा निखिलसंग करिब चार बर्ष मुम्बईमा संगै विताएका पाण्डेले भने मैले परिचयको स्टोरी सुनाउने वित्तिकै उ फिल्म खेल्न राजी भयो  त्यसैले नयाँ कन्सेप्ट सहित फिल्मको सुटिङ्ग पनि नेपालमा गरेका हौ र  सिनेमा  पनि सोचे जस्तै  राम्रो बनेको छ । त्यसैले मलाई विश्वास छ गुमेको निखिलको हाईट यो सिनेमाले पुनः पहिलेको स्थानमा ल्याईदिने  छ ।  एक गीतको छायाकंन  मुम्बईमा समेत गरिएको उक्त सिनेमा आउदो माघ १३ गते देखि मुम्बईको केही थिएटर र नेपाल सहित वल्डवाईड  रिलिज हुदैछ ।   प्रदर्शनको जिम्मा लिएका वितरक सुनिल मानन्धरले भने ुमेरो फिल्मी करिअरमै पहिलो पटक यो सिनेमाबाट बल्डवाईड रिलिज गर्न लागेको हुँ ।
सिनेमाको प्रिमियर  बलिउडका केही चर्चित कलाकारहरुको उपस्थितिमा आउदो जनवरी  २० अर्थात माघ ६  गते मुम्बईमा हुने जानकारी गराईयो ।  उक्त प्रिमियरमा नेपालबाट प्रिन्ट र भिजुअल मिडियाका सिनेजर्नलिष्ट पनि सहभागी गराउने निर्माता नरेन्द्रले जानकारी गराए ।  सेलिब्रेटी स्टारडष्ट प्रालिले निर्माण गरेको उक्त सिनेमामा सुशिल छेत्री र नागेन्द्र  रिजाल पनि मुख्य भूमिकामा छन् । पब्लिसीटीका लागि परिचय यूनिटले पोष्टरमा निखिल लछित गर्दै हि ईज ब्याक अगेन भनी हाईलाईट गरेको छ । हाल एक चलचित्रमा काम गरिरहेका निखिल ब्यस्तताको कारण प्रेस घेटघाटमा उपस्थित हुन सकेनन । उक्त सिनेमाका निर्देशक पाण्डेले ब्लकबष्टर शनिदेवल अभिनित चलचित्र गदर लाई साहायक निर्देशकको रुपमा निर्देशन गरेका थिए भने राजेश  खन्ना अभिनित चलचित्र  दो दिलो कि खेललाई डेब्यू फिल्मको रुपमा निर्देशन गरेका थिए ।
 
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!