Image and video hosting by TinyPic

वर्ष २०११ का टप टेन स्मार्ट फोन


एप्पल आइफोन फोर एस

सबैभन्दा उत्कृष्ट स्मार्ट फोनका रूपमा यो वर्ष पहिलो स्थान एप्पलको आइफोन फोरएसले बनायो। स्मार्ट फोनको यो पछिल्लो संस्करण वास्तवमै उच्चस्तरको छ। एप्पलको आइफोन फोरएसमा उपलब्ध नयाँ एप्लिकेसनले यो सेटप्रतिको आकर्षण त बढायो नै, स्टाइल स्टेटमेन्टका लागि पनि आइफोन फोरएसको सान उत्तिकै छ। युवा वर्गले रुचाएको आइफोनले उनीहरूको प्रविधि र ग्याजेट सोखसँगै व्यक्तित्व निर्माणमा पनि उत्तिकै सहयोग पुर्‍याएको छ। फिचर्सका रूपमा यो सेटमा आइओएस अपरेटिङ सिस्टमका अतिरिक्त वान गिगाहर्ज ड्युलकोर एआरएम कोर्टेक्स ए नाइन प्रोसेसर, एट मेगापिक्सल क्यामेरा, १४३२ एमएएच लि-अन ब्याटि्र छन्।

सामसुङ ग्यालेक्सी एस टु

सामसुङका स्मार्ट फोनहरूले पनि वर्ष २०११ मा तहल्का नै मच्चाए। खासगरी सामसुङ ग्यालेक्सी एस टुले एप्पलको आइफोनलाई गजबकै टक्कर दिए। आकर्षक फिचर र मल्टिप्रपोज सिस्टम भएको ग्यालेक्सी एस टु अहिलेसम्मकै सबैभन्दा राम्रो स्मार्ट फोन मानिएको छ। आइफोनको विकल्प खोज्नेहरूले एस टुलाई सम्झिए। सर्वसुलभ मूल्य पनि यसलाई मन पराउने अर्को आधार थियो। एन्ड्रोइड जिंजरबेन्ड बी टु प्वाइन्ट थ्रि अपरेटिङ सिस्टमको ग्यालेक्सी एस टुमा वान प्वाइन्ट टु गिगाहर्ज एआरएम कोर्टेक्स ए नाइन प्रोसेसर छ। एट मेगापिक्सल क्यामेरा भएको एस टुमा लि ओन १६५० एमएएच ब्याट्री छ।

एचटिसी सेन्सेसन

स्मार्ट फोनका लागि तेस्रो लोकप्रिय कम्पनी एचटिसी रह्यो। एचटिसीका स्मार्ट फोन ग्लामरका दृष्टिकोणले पनि उपभोक्ताको रोजाइमा पर्न सफल भए।  एचटिसी ब्रान्डको एचटिसी सेन्सेसन मोबाइल आइफोन र ग्यालेक्सी एसटु जत्तिकै लोकप्रिय सेट बन्न पुग्यो। एचटिसीको सबैभन्दा राम्रो यो सेटका दुइवटा भेराइटी उपलब्ध छन्। पहिलो सेन्सेसन एक्सएल र सेन्सेसन एक्स ई। एचटिसी सेन्सेसन सामसुङ ग्यालेक्सीझैं एन्ड्रोइड अपरेटिङ सिस्टम भएको सेट हो। एन्ड्रोइड जिंजरबे्रड टु प्वाइन्ट थ्रि अपरेटिङ सिस्टमको यो सेटमा वान प्वाइन्ट टु गिगाहर्ज ड्युल कोर प्रोसेसर छ। लि अन १५२० एमएएच ब्याट्री सुविधा भएको यो सेटमा एट मेगापिक्सलको क्यामेरा छ।

नोकिया एननाइन

मोबाइल फोन सेटका लागि पहिलो रोजाइको ब्रान्ड मानिएको नोकियाले पनि स्मार्ट फोनको विकासमा विशेष ध्यान दिन थालेको छ। यसकै प्रतिफलस्वरूप अन्तर्राष्ट्रिय बजारमा आएको नोकिया एन नाइनले पनि उपभोक्ताको ध्यान खिच्यो। नोकिया एन नाइन कुनै पनि बटन नभएको पहिलो स्मार्टफोन हो। एप्पलको आइफोन पछि यो दोस्रो आकर्षक तथा स्टाइलिस्ट सेटको परिचय बनाउन सफल भयो। फोर प्वाइन्ट टु इन्च अमोल्ड टचस्क्रिन गोरिल्ला ग्लास डिस्प्लेका साथमा उत्कृष्ट रिजोल्युसन यसको मुख्य विशेशता हो। मिगो वान प्वाइन्ट टु हरमेटन अपरेटिङ सिस्टमको नोकिया एननाइनमा वान गिगाहर्जको प्रोसेसर छ। एट मेगापिक्सलको क्यामेरा भएको यो सेटमा लिअन १५०० एमएएच ब्याट्री छ।

ब्लाकबेरी बोल्ड ९९००

कर्पोरेट फोन सेटका लागि ब्लाकबेरी ब्रान्ड लोकप्रिय रह्यो। क्वालिटी सर्भिसमा ध्यान दिएको यो ब्रान्डले अफिस युजर्सको लगातारको कम्युनिकेसनका लागि सहज हुने सेट बजारमा ल्याएको छ। ब्लाकबेरी बोल्ड ९९०० फोन सेट पनि ब्लाकबेरीका अन्य सेटहरू झैं क्वेटी कि प्याड मोडलमा थियो। यसलाई विजनेस फोन सेटका रुपमा उपभोक्ताले उत्कृष्ट मानेका थिए। अन्य ब्लाकबेरी सेटको तुलनामा यो हल्का पनि छ, यसको मोटाई टेन प्वाइन्ट फाइभ मिमि छ। ब्लाकबेरी अपरेटिङ सिस्टम सेभेनले युक्त यो सेटमा वान प्वाइन्ट टु गिगाहर्ज प्रोसेसर छ। फाइभ मेगापिक्सल क्यामेरा सुविधा भएको यो सेटमा लिअन १२३० एमएएच ब्याट्री छ।

मोटोरोला रेजर/ मोटोरोला ड्रायड एचडि

बलियो मोबाइल फोन सेटका निम्ती लोकप्रिय ब्रान्ड हो— मोटोरोला।  मोटोरोलाले पछिल्लो अवधिमा उच्च वर्गका ग्राहकलाई लक्षित गरेर पृथक् किसिमका महँगा सेट बजारमा उतार्दै आएको छ। मोटोरोला ड्रायड एचडी टिकाउ, भरपर्दो तथा उत्कृष्ट लुक्स भएको स्मार्ट फोन हो। यसको फोर प्वाइन्ट थ्री इन्चको टचस्क्रिनले उत्कृष्ट रिजोलुसन सुविधा प्रदान गरेको छ। एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने यो सेटमा वान जीबी र्‍याम पनि उपलब्ध छ। एन्ड्रोइड टु प्वाइन्ट थ्रि जिंजरब्रेड अपरेटिङ सिस्टम भएको यो सेटमा पनि वान प्वाइन्ट टु गिगाहर्ज ड्युलकोर एआरएम कोर्टेक्स ए नाइन प्रोसेसर छ। लि अन १७८० एमएएच ब्याट्री सुविधा भएको मोटोरोला ड्रायड एचडिमा एट मेगापिक्सलको क्यामेरा छ।

सोनी इरिक्सन जेपेरिया नियो बि

सोनी इरिक्सन मल्टिमिडिया फिचर्सका लागि लोकप्रिय ब्रान्ड हो। क्वालिटी पिक्चर, क्वालिटी म्युजिक सर्भिस भएको यो ब्रान्डले पनि स्मार्टफोनको विकासमा उत्तिकै ध्यान दियो। वर्ष २०११ मा सोनि इरिक्सनको 'सोनी इरिक्सन जेपेरिया नियो बि' जेपेरिया सेरिजको सबैभन्दा राम्रो स्मार्टफोन मानिन्छ। यसको थ्रि प्वाइन्ट सेभेन इंचको टिएफीट टचस्क्रिन डिस्प्लेले उत्कृष्ट रिजोल्युसन उपलब्ध गराएको छ। यसमा भएको मोबाइल ब्रेबिया क्रिस्टल क्वालिटी पिक्चर खिच्न सक्षम छ। एन्ड्रोइड टु प्वाइन्ट थ्री जिंजरब्रेड अपरेटिङ सिस्टमको यो सेटमा वान गिगाहर्ज स्कोर्पियन प्रोसेसर छ। फाइभ मेगापिक्सल क्यामेरा सुविधा भएको यो सेटमा लिअन १५०० एमएएच ब्याट्री छ।

सामसुङ ग्यालेक्सी नोट

सामसुङको स्मार्टफोनमध्येको ग्यालेक्सी एस टु पछि रुचाइएको मोडल हो, सामसुङ ग्यालेक्सी नोट। सामसुङले स्मार्ट फोनको विकासमा विशेष ध्यान दिएको छ भन्ने कुरा उसका दुइ मोडल  टप टेनमा पर्नुले पुष्टि गर्छ। सामसुङको ग्यालेक्सी सिरिजको यो स्मार्टफोनले एप्पल आइफोनलाई कडा टक्कर दिएको थियो। यसको फाइभ प्वाइन्ट थ्रि इन्च अमोल्ड डिस्प्ले उत्कृष्ट रिजोल्युसन दिन सफल भएको थियो। यसमा पनि एन्ड्रोइड टु प्वाइन्ट थ्रि जिंजरब्रेड अपरेटिङ सिस्टम छ। वान प्वाइन्ट फोर गिगाहर्ज ड्युलकोर एआरएम कोर्टेक्स ए नाइन प्रोसेसरको यो मोबाइल सेटमा एट मेगापिक्सल क्यामेरा सुविधा छ। यसमा लि अन २५०० एमएएच ब्याट्री छ।

नोकिया ई सिक्स

नोकियाले पनि वर्ष २०११ मा टचस्क्रिन, क्वेर्टी, डबल सिमजस्ता कुरामा विशेष ध्यान दिएर ति मोडलमा उत्कृष्ट सेटहरू विकास गर्‍यो। नोकियाको नोकिया इ-सिक्स मोडल क्वेर्टी कि प्याड भएको सेट हो। यो वास्तवमा बिजनेस मोबाइल फोन सेट हो।  नोकियाले ब्लाकबेरीसँगको प्रतिस्पर्धाका लागि क्वेर्टी कि प्याड भएको विजनेस फोन सेट ल्याएको हो। यसमा टु प्वाइन्ट फोरसिक्स इन्चको टिएफटि टचस्क्रिन डिस्प्ले छ। सिम्बियन अपरेटिङ सिस्टम भएको यो सेटमा एआरएम ११-६८० मेगाहर्ज प्रोसेसर उपलब्ध छ। एट मेगापिक्सल क्यामेराले युक्त भएको नोकिया इ सिक्समा लि अन १५०० एमएएच ब्याट्री जडान गरिएको छ।

एचटिसी इनक्रेडिबल एस

एचटिसी ब्रान्ड फेसन पारखीहरूका लागि सबैभन्दा आकर्षक मानिन्छ। मोबाइल सेटमा इज्जत खोज्नेहरू फेरी फेरी एचटिसी ब्रान्ड प्रयोग गर्छन्। एन्ड्रोइड अपरेटिङ सिस्टम भएकाले यो सेट मल्टिप्रपोजमा प्रयोग गर्न सकिन्छ। एचटिसी इनक्रेडिबल एस स्मार्ट फोन सुरुमा एन्ड्रोइड टु प्वाइन्ट टु अपरेटिङ सिस्टमका साथमा सार्वजनिक भएको थियो, जसलाई पछि टु प्वाइन्ट थ्रि अपरेटिङ सिस्टममा प्रस्तुत गरियो। यो मोडल अपेक्षाकृत हल्का र स्टाइलिस्ट छ। वान गिगाहर्ज प्रोसेसरले युक्त यो सेटमा एट मेगापिक्सल क्यामेरा छ भने लि अन १४५० एमएएच ब्याट्री सुविधा छ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!