जनकपुरस्थित मोनास्टिक आवासीय उच्च माध्यामिक विद्यालयको रजत जयन्ती समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री महतोले अदालतले राजनीतिक फैसला गरेको हो टिप्पणी गरे।
उनले आफ्नो हक र अधिकारको लडाइँ अन्तिम चरणमा पुगेको बताउँदै चारबुँदे सहमति पूरा नभए नाकाबन्दी गरी काठमाडौंको दानापानी रोकिदिने चेतावनी दिए।
उनले शान्ति प्रक्रिया पूरा भएपछि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने र संविधान लेखन कार्य पूरा भएपछि देश ताजा जनादेशमा जानेछ भने।