Image and video hosting by TinyPic

भैरहवा र जनकपुरधाम सेमिफाइनलमा


१४ पुस, काठमाडौं । क्षेत्र नम्बर ७ जनकपुरधाम र क्षेत्र नम्बर ४ भैरहवा राजधानीमा जारी १९ वर्ष मुनीको राष्ट्रिय महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको आफ्नो दोस्रो खेलमा क्षेत्र नम्र २ वीरगञ्जलाई ४५ रनले पराजित गरेको जनकपुरधाम चार अंकसहित समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको जनकपुरधामले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २० रन बनायो । उसका लागि अनुराधा चौधरीले ४५ र शान्ति चौधरीले ३८ रनको योगदान दिइन् । जवाफमा मैदान उत्रिएको वीरगञ्ज ७५ रन जोड्दा एक बल बााकी छादा अल आउट भयो ।
यस्तै क्षेत्र नम्बर ५ नेपालगञ्जलाई ४६ रनले पराजित गर्दै भैरहवा चार अंकसहि समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पुल्चोकमा पहिले व्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २५ रन बनायो । उसका लागि प्रतिक्षा बस्यालले २९ र इन्दु बर्माले २८ रनको योगदान दिइन् । जवाफमा मैदान उत्रिएको नेपालगञ्ज १३ दशमलव ४ ओभरमा ७९ रन जोड्दा अल आयट भयो । नेपालगञ्जलाई सस्तैमा समेट्ने क्रममा इन्दु बर्माले ४, सुधा थापाले ३ र अक्सा गुरुङले २ विकेट लिइन् ।
प्रतियोगितामा क्षेत्र नम्बर ३ काठमाडौंले पहिलो जित हात पारेको छ । पहिलो जित हात पार्ने क्रममा काठमाडौंले क्षेत्र नम्बर ८ पोखरालाई ७८ रनले पराजित गरेको छ । पुल्चोकमा पहिले व्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा १ सय २८ रन बनायो । उसका संगिता गौचनले ३८ र सारदा अर्यालले ३६ रन जोडिन् । जवाफमा मैदान उत्रिएको पोखरा १३ दशमलव ४ ओभरमा ५० रन जोड्दा अलआउट भयो ।
यस्तै प्रतियेगितामा पहिलो जित हात पार्ने क्रममा क्षेत्र नम्बर ६ बैतडीले क्षेत्र नम्बर १ विराटनगरलाई १२ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ थालेको बैतडीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९५ रन बनायो । उसका लागि दौपती कुाव/mे ४४ रनको योगदान दिइन् । जवाफमा मैदान उत्रिएको विराटनगरले २० ओभरमा ९ विकेटमा ८३ रन मात्र जोड्न सक्यो ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!