Image and video hosting by TinyPic

प्रमुख नहुँदा बर्दिबास अस्पताल प्रभावीत


महोत्तरीको बर्दिवासमा रहेको बर्दिवास अस्पतालमा लामो समयदेखि प्रमुख अनुपस्थित हुँदा सेवाग्राही तथा कर्मचारीहरु मर्कामा परेका छन ।अस्पतालका प्रमुख राम परिक्षण यादव नियुक्त भएको २ वर्ष भन्दा बढी भईसक्दा समेत नियमित कार्यालय उपस्थित नभइदिंदा अस्पतालको सेवाप्रभावितभएको गुनासो स्थानीयवासीहरुले    गरेकाछन । प्रमुख यादव नियुक्ती भएदेखि हालसम्म मुस्किलले एक हप्ता जति मात्र हाजिर गरेको अस्पतालका ईन्चार्ज राधेश्यामझाले जानकारी दिनु यो । अस्पताल प्रमुखनहँुदाविरामीमात्रनभएर आफु लगायतअन्यकर्मचारीहरुलाई सेवाप्रदानगर्न मुस्किलभएको ईन्चार्ज झाको भनाई छ । गर्मी सिजनमा सर्पले टोकेको विरामी आउँदा जोखिमबहनगर्ने प्रमुख नहँुदा उपचार सामाग्री हुँदाहुँदै   विरामीलाई अन्यत्र पठाउनु परेको समेत उहाँले बताउनु  भयो । बर्दिावास अस्पतालमा २७जनाको दरवन्दी रहेतापनिहालत्यतिकर्मचारी नभएको र विकास समिति समेतनभएकाले विभिन्न कामगर्न अप्ठ्यारो भएको उहाँको भनाई छ । हेल्थपोष्ट हुँदा सेवा सुविधा राम्रो भएको तर हाल अस्पतालमा परिणत भएपछि सेवा सुविधा खस्कदै गएकाले प्रमुखयादवलाई हटाउन स्थानीयवासीले माग गरेका   छन । अस्पताल प्रमुख यादव उपस्थित नै नभई तलबभत्ताको सुविधा लिई रहेकाले तत्कालउहाँलाई कारवाहीगर्ने आश्वासन जिल्ला जन स्वास्थ्य कार्यालय प्रमुख विजयकुमारझाले जानकारी दिनु भयो ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!