Image and video hosting by TinyPic

वर्ष २०११ का मोस्ट अर्निङ मोडल



मिरान्डा केर

हलिउड स्टार ओर्लान्डो ब्लुमकी श्रीमती मिरान्डा केर पनि यस पटक सर्वाधिक कमाई गर्ने मोडलहरूमध्ये एक हुन्। उनी यस पटक नवौं स्थानमा छिन्। क्युट फिगर र गालाको डिम्पल केटको ट्रेडमार्क हो। उनी भिक्टोरियाज सिक्रेट एड क्याम्पियनमा फिचर भएकी प्रथम अस्ट्रेलियन

मोडलसमेत हुन्।



गिसेल बड्चेन

सुपरमोडलको परिचय बनाएकी ब्राजिलियन युवती गिसेल बड्चेन यसपटकसमेत गरी लगातार दोस्रो पटक मोस्ट अर्निङ मोडलको सूचीको पहिलो स्थानमा रहन सफल भइन्। सबैभन्दा कमाइ गर्ने मामिलामा उनले केट मोस र हिइडी क्लमलाई समेत पछि पारिन्। लुइस भिट्टनदेखि डियोरसम्मका लोकप्रिय ब्रान्डलाई इन्डोर्स गरेकी गिसेल लामो समयदेखि भिक्टोरिया सिक्रेटकी प्रिय छिन्। लियोनार्डो डिकाप्रियोसितको सम्बन्ध तथा सेलिब्रेटी पोटर्स पर्सन टप ब्राडीसितको विवाहका कारण चर्चामा रहेकी गिसेलले विभिन्न मोडलिङ असाइन्मेन्टमार्फत यस वर्ष झन्डै २ करोड ५० लाख डलर आम्दानी गरिन्।



हिइडी क्लम

जर्मनीका चर्चित मोडल हिइडी क्लम यो वर्ष विश्वका सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको दोस्रो स्थानमा रहन सफल भइन्। मोडलका रूपमा उनको यो वर्षको आम्दानी १ करोड ६० लाख डलर रहेको अनुमान गरिएको छ। उनको यो आयमा मोडलिङ करियरको काम मात्र नभई उनका अन्य कामहरू जतै डिजाइनिङ, टेलिभिजन प्रोड्युसर, अभिनेत्री, पार्टटाइम गायन तथा व्यवसायबाट आर्जित धन पनि जोडिएको छ। क्लम यो वर्ष भोग, एली, पोर्ट्स इलट्रेटेड, म्यारी क्लेयरजता चर्चित म्यागाजिनहरूमा समेत देखा परिन्।



केट मोस

केट पार्टी एनिमल हुन् र उनी आफ्नो स्टाइल टेट्मेन्ट्सका कारण चर्चामा रहन्छिन्। केट गत वर्ष मोस्ट अर्निङ मोडलको सूचीको दोस्रो स्थानमा थिइन् भने यो वर्ष एक स्थान तल झरेर तेस्रो स्थानमा छिन्। यस वर्ष उनको आम्दानी ९० लाख डलर रह्यो। ३७ वर्षीया बेलायती मोडल केटले आफ्नो करियर १६ वर्षको उमेरमा प्रारम्भ गरेकी थिइन्। उनले क्याल्भिन क्लाइन, लुइस भिइटन, गुसी, डि एन जि र च्यानल जता ब्रान्डलाई इन्डोर्स गरेकी छिन्।



क्यारोलिन मर्फी

वर्ष २०११ का सर्वाधिक कमाई गर्ने मोडलहरूको सूचीको दसौं स्थानमा अमेरिकी मोडल क्यारोलिन मर्फी छिन्। मोडलिङलाई पार्ट टाइम करियरका रूपमा अँगाले पनि क्यारोलिन थुप्रै म्यागाजिनको कभर, फोटो शुट तथा र्‍याम्प शोको अभिन्न पक्ष बन्न पुगेकी छिन्। टिफानी र भर्साचीजस्ता ब्रान्डलाई इन्डोर्स गरेकी क्यारोलिनको कमाई यस वर्ष झन्डै ३० लाख डलर पुगेको अनुमान गरिन्छ।



नटालिया भोडियानोभा

लामो संघर्षपछि मोडलिङ संसारको चर्चाको शिखर चुमेकी रूसी सुन्दरी नटालिया भोडियानोभाले यस वर्ष मोस्ट अर्निङ मोडलको सूचीको सातौं स्थान कब्जा गरेकी हुन्। उनको कमाई झन्डै ५५ लाख डलर रहेको अनुमान गरिन्छ। भोग म्यागाजिनको कभर गर्लका रूपमा बारम्बार दोहोरिएकी भोडियानोभाले वाइएसएल, मार्क ज्याकोब्स्, क्याल्भिन क्लाइन, लोरियल, च्यानल आदि ब्रान्डलाई इन्डोर्स गरेकी छिन्।



एडि्रयाना लिमा

अर्की ब्राजलियन मोडल एडि्रयाना लिमा यस वर्ष सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको चौथो स्थानमा छिन्। भिक्टोरियाज सिक्रेटसित सन् २००० देखि आबद्ध एडि्रयाना र्फड सुपरमोडल वल्र्ड कन्टेट विजेताका रूपमा पनि परिचित छिन्। उनी विश्वविख्यात डिजाइनर अर्मानी, भ्यालेन्टीनो, राल्फ लाउरेन, भेरा वाङ तथा क्रिस्टियन लाक्रोइक्स लागि र्‍याम्पमा पनि हिँडेकी छिन्। यस पटक उनको कमाई झन्डै ७० लाख डलर भएको अनुमान गरिएको छ।



डचन क्रोज्

विभिन्न म्यागाजिन लगायत टाइम म्यागाजिन समेतको कभर गर्ल बनेकी डच मोडल डचन क्रोज यस वर्षको मोस्ट अर्निङ मोडलको सूचीको पाँचौं स्थानमा छिन्। हाल उनी भिक्टोरियाज सिक्रेट एन्जेलका रूपमा रहेकी छिन्। उनको यस वर्षको आम्दानी करिब ६० लाख डलर भएको अनुमान गरिन्छ। उनी टमी हिलफाइगर, भर्साची र गुसीजस्ता ब्रान्डको विज्ञापनमा छाएकी छिन्। चर्चासँगै म्याडम टुसाड्स म्युजियमको आम्स्टर्डम शाखामा उनको मैनको मूर्तिसमेत स्थापना भएको छ।



एलेक्ज्यान्ड्रा आम्ब्रोसियो

टायरा बाङ्कस्ले नेक्स्ट बिग सुपर मोडलका रूपमा चिनाएको ब्राजिलियन मोडल एलेक्ज्यान्ड्रा आम्ब्रोसियो यो वर्ष सर्वाधिक कमाई गर्ने मोडलको सूचीको छैटौं स्थानमा ओगटिएकी छिन्। १२ वर्षको उमेरमै मोडलिङको कक्षा ज्वाइन गरेकी एलेक्ज्यान्ड्रालाई रेभ्लन, डियोर, अर्मानी, राल्फ लाउरनजता चर्चिर्त ब्रान्डको विज्ञापनमा देख्न सकिन्छ। चर्चित पिरेली क्यालेन्डरको पनि मोडलका रूपमा परिचय बनाएकी एलेक्ज्यान्ड्रालाई नेक्स्ट नामक ब्रिटिस ब्रान्डको मोडलका रूपमा पनि चिनिन्छ। उनको आम्दानी यो वर्ष ६० लाख डलरको हाराहारीमा रहेको अनुमान गरिन्छ।



डारिया वरबावी

२७ वर्षीया युक्रेनियन मोडल डारिया वरबावी यस वर्षको मोस्ट अर्निङ मोडलको आठौं स्थानमा छिन्। लिम सेक्सी फिगर तथा एक्सप्रेसिभ आँखाले परिचय बनाएकी डारिया रोबर्टाे काभेली, भ्यालेन्टिनो, वाइएसएल, पेपे जिन्स, एलवाइ, डेभिड युर्मान आदि चर्चित डिजाइनरका लागि उनले मोडलिङ गरेकी छिन्। उनको हकमा एउटै सिजनमा सबैभन्दा धेरै पटक र्‍याम्प शोको ओपनिङ तथा क्लोजिङ गरेको कीर्तिमानसमेत छ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!