Image and video hosting by TinyPic

सर्वाधिक कामुक महिला


सौन्दर्य र महिला एकअर्काका पूरक हुन्। आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीनकालदेखि नै अनेक उपाय अपनाउँदै आएका छन्। महिलाहरूको सौन्दर्यसम्बन्धी पूर्वी तथा पाश्चात्य मान्यताहरूमा केही भिन्नता छ। तै पनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकषिर्त गर्ने क्षमता भएका माहिलाहरू नै सबैको नजरमा पर्छन्। अनुहार तथा शरीरको बनोट बाहेक हाउभाउ, कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ। यसै सन्दर्भमा अमेरिकालगायत थुप्रै देशबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन् २०११ का लागि संसारका १० उत्कृष्ट कामुक महिलाको सूची जारी गरेको छ।



रोजी हन्टिङटन ह्वाइटली

कामुक महिलाहरूको सूची जारी गर्ने एफएमएच पत्रिकाका अनुसार सन् २०११ मा पहिलो नम्बरमा मोडल तथा अभिनेत्री रोजी हन्टिङटन ह्वाइटली छिन्। उनी सन् १९८७ अप्रिल १८ मा जन्मिएकी हुन्। पछिल्लो ६ वर्षदेखि भिक्टोरिया सिक्रेट्स नामक अन्तरवस्त्र निर्माताका लागि मोडलिङ गर्ने ह्वाइटली पछिल्लोपटक ट्रान्सर्फमरः डार्क अफ द मुन नामक चलचित्रबाट चलचित्र क्षेत्रमा समेत प्रवेश गरेकी छिन्। उक्त चलचित्रमा उन्मत्त अभिनयका कारण उनी एकैपटक कामुक महिलाहरूको यो सूचीमा पहिलो स्थानमा परेकी हुन्।



ओलिभिया वाइल्ड

कामुक महिलाहरूको सूचीको पाँचौँ स्थानमा रहेकी ओलिभिया वाइल्ड हलिउड चलचित्रकी नायिका हुन्। चलचित्रमा आउनुअघि फेसनको संसारमा रमाइरहेकी ओलिभिया जेन ककबर्नको जन्म सन् १९८४ मार्च १० मा भएको हो। द गर्ल नेक्स्ट डोर नामक चलचित्रबाट चर्चामा आएकी ओलिभिया वाइल्ड चलचित्रमा आफ्ना कामुक प्रतुतिका लागि चर्चित छिन्।



केटी पेरी

कामुक महिलाहरूको सूचीको दोस्रो स्थानमा गायिका क्याथरिन एलिजाबेथ हडसन अर्थात् केटी पेरी छिन्। सन् १९८४ अक्टोबर २५ मा जन्मेकी केटी पेरी पप, रक र गोसपेल शैलीमा गीत गाउनुको अलावा गिटार पनि बजाउँछिन्। आफ्ना स्टेज पर्फमेन्सका कारण चर्चामा रहने केटी पेरी सर्वाधिक बिक्री हुने गायिकामा पर्छिन्। गीत गाउने क्रममा स्टेजमा कामुक हाउभाउ देखाउन खप्पिस मानिने केटी पेरी यसै कारण यो सूचीमा परेको विश्वास गरिन्छ।



केली ब्रुक

मोडलिङबाट टेलिभिजन हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी बेलायतकी ३१ वर्षीया केली ब्रुकले कामुक महिलाहरूको सूचीमा यो वर्ष आठौं स्थान प्राप्त गरेकी छिन्। अघिल्लो वर्ष सातौँ स्थानमा रहेकी ब्रुकले आफ्ना सुन्दर आँखा र पुरुषहरूप्रति देखाउने व्यवहारका कारण यो स्थान प्राप्त गरेकी विश्लेषकहरूको ठहर छ।



मेगन फक्स

कामुक महिलाहरूको सूचीको चौथो स्थानमा रहेकी मेगान फक्स हलिउड चलचित्रकी नायिका हुन्। यसअघि उनी दोस्रो नम्बरमा थिइन्। पूर्व फेसन मोडल मेगानले सन् २००१ मा निर्माण गरिएको होलिडे इन द सन नामक चलचित्रबाट चर्चा पाएकी हुन्। सन् १९९९ देखि अभिनय यात्रामा रहेकी मेगानलाई ट्रान्सर्फमर सिरिजका चलचित्रले चर्चामा ल्याएको हो। आकर्षक शरीरकी धनी मेगानको शरीरमा कुदिएको टाटुले उनलाई थप कामुक बनाएको छ। उनका कन्फ्रेसन अफ अ टिन एज डि्रम क्विन, क्राइम्स अफ फेसन आदि चलचित्र पनि प्रसिद्ध छन्।



मेरिसा मिलर

भिक्टोरियाज सेक्रेट नामक फेसन शोमा क्याटवाक गर्दै आएकी मेरिसा मिलर कामुक महिलाहरूको सूचीको सातौं स्थानमा छिन्। अघिल्लो वर्ष तेस्रो स्थानमा रहेकी मिलरले सन् २०११ मा थुप्रै फेसन शोका लागि व्यावसायिक अनुबन्ध गरेकी थिइन्। आफ्नो सुनौलो केश र लामा खुट्टाहरूका लागि चर्चा कमाएकी मिलरले पछिल्लोपटक फेन्टेसी ब्राका लागि मोडलिङ गरेकी थिइन्। उनी ब्राजिलकी नागरिक हुन्।



इरिना सायक

कामुक महिलाहरूको यो सूचीको दसौँ स्थानमा रहेकी रुसकी इरिना सायक पेसाले फेसन मोडल हुन्। सन् १९८६ जनवरी ६ मा जन्मिएकी इरिनाको चर्चा गत वर्ष उनले पोर्टस् इलुस्ट्रेटेड नामक पत्रिकाका लागि खिचाएको हट स्वीमसुट फोटोसेसनले गराएको हो। निजी जीवनमा सिजर उपनामले चर्चित इरिना पछिल्लो समय फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँगको लभ अफेयरका कारण पनि चर्चामा थिइन्।



रिहान्ना

कामुक महिलाहरूको यो सूचीको तेस्रो स्थानमा रिहान्ना अर्थात् रोबिन रिहाना फेन्टी छिन्। सन् १९८८ फेब्रुअरी २० मा जन्मिएकी रिहान्ना अहिलेको समयकी हटकेक गायिका हुन्। आफ्ना उत्तेजक पहिरन र फेसनेबल केशका कारण सधैँ चर्चामा आउने रिहान्ना मूलतः रेगी र हिपहप गायिका हुन्। सन् २००५ मा १७ वर्षकै उमेरदेखि गीत गाउन थालेकी रिहान्नालाई सन् २००७ को उनको एल्बम द न्यू इमेजले चर्चामा ल्याएको हो।



ब्रुकलिन डेकर

टिन भोग, कस्मोपोलिटन, एफएचएम तथा ग्ल्यामर जस्ता विश्वविख्यात फेसन पत्रिकाहरूले पहिलो नम्बरमा पत्याएको कभर गर्ल हुन् ब्रुकलिन डेकर। कामुक महिलाहरूको यो सूचीमा छैटौं स्थानमा रहेकी डेकरको जन्म सन् १९८७ अप्रिल १२ मा भएको हो। कभर गर्ल हुनुका अतिरिक्त क्याटवाकमा समेत नाम कमाएकी डेकर आफ्ना लामा खुट्टा तथा नीलो आँखाका लागि चर्चित छिन्।



निकोल सेर्जिनर

अभिनय, गायन, संगीत, नृत्य र मोडलिङ जता फरक फरक विधामा समान रूपले नाम कमाएकी निकोल सेर्जिनरको जन्म सन् १९७८ जुन २९ मा भएको हो। कामुक महिलाहरूको यो सूचीमा नवौँ स्थानमा रहेकी सेर्जिनर पहिलोपटक यो सूचीमा उक्लिएकी हुन्। अमेरिकाको हवाइ राज्यकी यी बासिन्दा आफ्ना रचनात्मक प्रतुतिका लागि बढी चर्चित छिन्। कामुक हाउभाउले भन्दा आफ्ना योग्यताले यो सुचीमा स्थान पाउने सेर्जिनर सम्भवतः एक्ली हुन्।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!