Image and video hosting by TinyPic

सन् २०१२ मा युरोपभर मन्दी छाउने


अर्थशास्त्रीहरुले सन् २०१२ मा समग्र युरोपको आर्थिक अबस्था मन्दीबाट गुज्रने बताएका छन् । हालै गरिएको एक सर्वेक्षणमा अधिकांश अर्थशास्त्रीहरु आगामी बर्ष युरोपमा मन्दी फर्किनेमा विस्वस्त देखिएका छन् ।
वैंक अफ इङल्याण्डलाई परामर्श दिने ३४ प्रमुख बेलायती र अन्य युरोपेली अर्थशास्त्रीहरु सामेल यो सर्वेक्षणमा २५ जनाले युरोप मन्दीमा फर्किनसक्ने सम्भावना प्रवल रहेको वताएका छन् । बीबीसीले गरेको यो सर्वेक्षणमा सहभागी २० प्रतिशत अर्थबिदले १७ सदस्य राष्ट्र रहेको युरोजोन अहिलेकै आकारमा नरहने भबिष्यबाणी गरेका छन् । अधिकांश अर्थशास्त्रीले ऋण संकटले युरोजोनलाई बिघटन गराउन ३० देखि ४० प्रतिशत भूमिका खेल्ने अनुमान गरेका छन् ।
युरोपमा आर्थिक बृद्धिदर केही महिनायता न्यून बिन्दुमा रहेको आजको अभियान दैनिकले छापेको छ ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!