उनका अनुसार नाफा गर्ने क्षमता घट्दै गएको, संस्थालाई थप मजबुद बनाउन
नसकेको र राष्ट्रवैंकसँग सम्बन्ध चिसिदै गएका कारण वैंकलाई बिक्रिमा
राखिएको हो । बिक्रिपछि गाभिने र जोडिने गरि मर्जर पक्रियामा जान सक्छन् ।
यो एउटा उदाहरणमात्र हो । अहिले मुलुकका धेरै वाणिज्य वैंक बिक्रिमा छन्
। खासगरि छिमेकी मुलुक भारत र चीनका लगानीकर्ताले वैंकको सेयर किन्ने चासो
देखाइरहेका छन् । बिश्वासपात्रहरुमार्फत बिक्रिका लागि कुराकानी तिब्र
भइरहेको वैंक स्रोतहरुले जनाएको आजको कारोवार दैनिकले छापेको छ ।
नेपाल वंगलादेश वैंकको सवै सेयर बंगालादेशी कम्पनीले नै किन्ने आशयको
पत्र राष्ट्रवैंकमा पुगेको छ, भिवोर बिकाश वैंकले पनि बिदेशी लगानीकर्ता
खोजी रहेको छ । यस्तै कृषि बिकाश वैंकमा पनि बिदेशी साझेदार ल्याउन
मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ ।
हाल नेपालमा ३१ बाणिज्य वैंक, ९० बिकाश वैंक र ७९ फाइनान्सहरु छन् ।
वाणिज्य वैंकका अतिरिक्त बिकाश वैंक र फाइनान्सले पनि बिदेशी साझेदार
भित्राउने आशयसहितको निर्णय साधारणसभाबाट पारित गराएका छन् । यता केही
वैंकहरु भने मर्जरका लागि तिब्र छलफलमा जुटेका छन् ।