Image and video hosting by TinyPic

बलिउड समिक्षकको राष्ट्रघाती टिप्पणी


बलिउडका लोकप्रिय सिनेमा समिक्षक कोमल नाहटाले नेपाललाई ‘भारतीय प्रान्त’ भनेर टिप्पणी गरेका छन् । ‘डन २’को बक्सअफिसको सन्दर्भमा ट्वीटरमार्फत उनले उक्त विवादास्पद टिप्पणी गरेका हुन् । उनले उक्त वाक्य ट्वीटेपछि नेपाली कला पत्रकारहरूले नाहटाले नेपालीको मन दुःखाएको भनेर ट्वीटेका छन् । यसअघि नेपालप्रति ऋतिक रोसनको टिप्पणीले काठमाडौंमा दंगा फैलिएको थियो ।

‘डन २ले भारतीय प्रान्त नेपालमा पहिलो दिन आइसी ५ लाख र मंगलबार ४ लाख ग्रस कलेक्सन गरेको छ’ कोमलले लेखेका छन् । केही दिनअघि अर्का समिक्षक तरण आदर्शले ‘डन २’ले सप्ताहन्तमा नेपालबाट २९ लाख ग्रस कलेक्सन गरेको गलत विवरण अनलाइनमा प्रेषण गरेको थियो । ‘डन २’को नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले तरणको उक्त विवरण झूठ र वाहियात भनेर आलोचना गरेको थियो ।

नेपाली कला समिक्षक नारायण अमृतले नाहटाले नेपालीको मन दुःखाएको बताए । ‘नाहटाको ज्ञान खैंजडी भएछ’ अमृतले ट्वीटेका छन् । बलिउडका ‘ट्रेड गुरु’को उक्त स्टाटसलाई नेपालका अन्य कला समिक्षकहरूले पनि आलोचना गरेका छन् । नेपाली सिनेकर्मीबीच नाहटाको प्रभाव लोकप्रिय भएपनि उनको यो टिप्पणीले दाग लगाउने पक्का छ ।
नाहटाको नियत के हो ?
कोमलको उक्त टिप्पणी राष्ट्रियता भन्दा पनि ब्यापारिक विश्लेषणले आएको नेपाली वितरकहरू बताउँछन् । ‘कोमलको उक्त टिप्पणीलाई हामीले राष्ट्रियता र बिजनेसको एप्रोचबाट हेर्ने भन्नेमा भर पर्छ’ डीसीएन डिष्ट्रिब्यूसन चिफ दीपक दंगाल भन्छन्, ‘बलिउडले बक्सअफिस बिजनेसको सन्दर्भमा नेपाललाई एउटै टेरिटोरी कभरेज क्षेत्र मान्छ र त्यहीअनुसार नेपालमा बलिउड सिनेमाहरू लाग्छन् ।’ कोमलको विश्लेषण बिजनेसको दृष्टिकोणबाट आएको हुनसक्ने दीपकको ठम्याइ छ ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!