अग्रिमेन्ट अनुसारको पैसा फिर्ता नगरेको भन्दै निर्देशक सुरेशदर्पण पोखरेलले निशाविरुद्ध निर्माता संघमा उजुरी दिएका थिए । निशाले यसअघि ‘थ्री लवर्ज’मा साइन गरेकी थिइन् । उनी आफैले सिनेमा छाडेपछि अर्की अभिनेत्री प्रियंका कार्कीले निशालाई रिप्लेस गरेकी थिइन् । रेकर्डका अनुसार प्रियंकालाई उक्त प्रोजेक्टमा एप्रोचका लागि स्वयम निशाले नै सघाएकी थिइन् ।
मंसिर १३ र १४ गते तय गरिएको आइटम नम्बर आफू विरामी भएपछि गर्न नसकेको निशाले बोलेकी छिन् । पैसा माग्दै एकपटक निर्देशक पोखरेलले एसएमएस गरेको र पैसा लिन डाक्दा पनि नआएको कुरा रेकर्डमा उल्लेख छ । निर्माता संघमा गरिएको उक्त संवाद रेकर्डमा निशाले आरोपहरूको खण्डन गरेकी छिन् । जहाँ उनले आफू गैरब्यावसायिक नभएको पनि बताएकी छिन् । निशा यतिबेला सिमोस सुनुवार निर्देशित ‘मिसन पैसा रिलोडेड’मा व्यस्त छिन् ।