Image and video hosting by TinyPic

लालबन्दीमा चारवटा एम्बुलेन्स सञ्चालनमा आउने



सर्लाहीको लालबन्दीमा आजदेखि चारवटा एम्बुलेन्स सञ्चालनमा आउने भएको छ ।  लालबन्दी जनकल्याण समाजले पनि एम्बुलेन्स सेवा सुरु गरेपछि एम्बुलेन्स संख्या चार पुगेको हो । यसअघि लालबन्दीमा नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखा, लालबन्दी मोडेल अस्पताल र पीपुल्स सहकारीले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् । लालबन्दीमा पहिलो पटक लायन्स क्लबले एम्बुलेन्स सेवा सञ्चालन गरेको भएपनि उचित व्यवस्थानको अभावमा बन्द भएको थियो । आज लालबन्दीमा भएको जनकल्याण समाजको कार्यालय तथा एम्बुलेन्स सेवा उदघाटन समारोहमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जानकारी गराइएको थियो । समाजका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोषाध्यक्ष शम्भु राउतले ९ लाख ५० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको जानकारी दिनुभयो । समाजले निकट भविष्यमा नै शव बहान सञ्चालन गर्ने, महिला जागरण, स्वास्थ्य र पर्यावरणको क्षेत्रमा पनि काम गर्ने समाजका सचिव सुशील शर्माले जानकारी दिनुभयो ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!