Image and video hosting by TinyPic

सामा चकेवा पर्वलाई संरक्षण गरिदै


राजकरण महतो,
तराईको ग्रामिण समूदायमा भाई बहिनको सुमुधुर समबन्ध को रुपमा मनाईने  आईरहेको  समाचकेवा पर्वलाई ग्रामिण समूदायमा अमm लोकप्रिय बनाई लोप हुनबाट जोगाउने उद्देश्यले महोत्तरीको बिजलपुरा ४ र ९ मा मैथिली मञ्च बिजलपुराले  आइतबार देखी सामाचकेवा कार्यक्रम शुरु गरेको छ । बिजलपुरा गाविसको आर्थिक सहयोग र मैथिली मञ्च बिजलपुराको अगुवाई मा कार्तिक पूर्णिमा सम्म कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा २ दर्जन भन्दा बढि दिदीबहिनीहरुलाई मञ्चले सामा चकेवा कार्यक्रम मा आवश्यक पर्ने सामाग्री खरिद गर्नको लागी आर्थिक सहयोग समेत गरेको मञ्चका अध्यक्ष रंजित महतोले बताउनुभयो । संस्थाले गएको दशैंभरी मिथिलाञ्चलमा लोकनाट्यको रुपमा प्रसिद्ध झिंझिया कार्यक्रम समेत गरेको मञ्चका कोषाध्यक्ष राजकरण महतोले बताउनुभयो । मञ्चले मैथिली भाषा, साहित्य, संस्कृति लाई जगेर्ना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने बताएको छ । साथै संस्थाले मैथिली मञ्च नामक त्रैमासीक म्यागजिन समेत प्रकाशनमा ल्याउने भएको संस्थाका सचिव धमेन्द्र कुमार लभ ले जानकारी दिनुभयो ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!