Image and video hosting by TinyPic

विजलपुरामा अन्र्तराष्ट्रिय कराँते प्रतियोगीता हुने



महोत्तरीको बिजलपुरामा दोश्रो आमन्त्रीत अन्तर्राष्ट्रिय गोजुरीयो कराँते प्रतियोगीता हुने भएको छ । महोत्तरी गोजुरीयो  कराँते संघ को आयोजनमा कराँते प्रतियोगीता हुन लागेको हो । कराँते प्रतियोगीतामा नेपाल, भारत र भूटानको कराँते खेलाडीहरुको सहभागीता रहने संचारकर्मी विनोद श्रेष्ठले जानकारी  दिनुभयो । कराँते प्रतियोगीता यही पौष १४ र १५ गने बिजलपुरामा रहेको जनता उ.मा.वि. डाँडाटोलको प्राङ्गणमा हुने महोत्तरी गोजुरीयो का संयोजक एवमं प्रशिक्षक सन्तोष दर्लामीले बताउनुभयो । नेपालमा खेलकूदको विकास संगै यूवाहरुले खाली समयमा लागूपदार्थको दुव्र्यसनी बाट टाढा राख्ने उद्देश्यले कराँते प्रतियोगीताको आयोजना गरीन लागेको हो । कराँते प्रतियोगीताका लागी करिब ५ लाख ८५ हजार ८ सय रकम समेत जम्म भइसकेको दर्लामीले बताउनुभयो ।यस भन्दा १० बर्ष अगाडी पहिलो अन्तर्राष्ट्रिय गोजुरीयो कराँते प्रतियोगीता सम्पन्न भएको थियो। अन्र्तराष्ट्रिय स्तरको प्रतियोगीता आफ्नै गाउँम संचालन हुनेभएपछि स्थानीयबासीहरु हर्षित भएका छन् ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!