Image and video hosting by TinyPic

हाथिलेटमा एकै साथ १७ वटा इनार निर्माण हुने




         महोत्तरीको हाथिलेटमा एकै साथ १७ वटा इनारको निर्माण हुने भएको छ । सामुदायीक जनजाती कल्याण विकास   परिषद् महोत्तरी जलेश्वरको प्राविधिक सहयोग र खानेपानी सरसफाई विकास कोष समिति काठमाडौंको आर्थिक लगानीमा इनार निर्माण हुन लागेको हो । १७ वटा इनार मध्ये १३ वटा इनार गाविसका विभिन्न टोलमा निर्माण हुने छ भने ४ वटा इनार उक्त गाविसमा     रहेको विद्यालयहरुमा निर्माण हुने भएको छ । हाथिलेटका २८० घरधुरीका करीब १ हजार ४ सय ५५ जनालाई लक्षीत गर्दै उक्त इनार निर्माण हुन लागेको सामुदायीक जनजाती कल्याण विकास  परिषद् महोत्तरी जलेश्वरका अध्यक्ष विष्णु कुमार चौधरीले बताउनुभयो । इनार बन्ने ठाउँको छनौट कार्य सम्पन्न भइसकेको छ । केही दिनमै इनार निर्माण कार्य धमाधम शुरु हुने चौधरीले बताउनु–भयो । खानेपानीका लागी इनार निर्माण हुन लागेपछि स्थानियबासीहरु खुशी भएका छन् ।

          वर्षौ देखी खडेरीयाममा खानेपानीको ठूलो समस्या भोग्दै आएका उनीहरुका सामूहीक समस्या समाधान हुन लागेपछी स्थानीयवासी खुसी भएका हुन्। इनार निर्माण कार्य भएपछि कृषी खेतीमा समेत सिंचाई गर्न टेवा पुग्ने स्थानीय खजुरीया ५ का शंकर प्रसाद लामाले बताउनुभयो । सिंचाई को समस्याले गर्दा १०० औं विगहा उब्जाउ जमिन त्यस्तै बाँझो भएर बसिरहेको लामाले गुनासो गर्नूभयो । गर्मीयाममा स्थानीयवासीहरुले टाढा–टाढा बाट साइकलमा पानि ओसार–पोसार गरेर आफ्ना दैनीक जीवन चलाउँदै आएका छन् ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!