Image and video hosting by TinyPic

वेल ड्रेस्ड वुमेन-२०११


फेसन र स्टाइलको संसारमा आफ्नो ड्रेसिङ स्टाइलका कारण नाम र चर्चा कमाउनेहरूको कमी छैन। यही प्रसंगमा पिपुल्स म्यागाजिनले वर्ष २०११ का बेस्ट ड्रेस्ड महिलाहरूको उत्कृष्ट सूची प्रकाशित गरेको छ, जसअनुसार उनीहरूको स्टाइल र त्यसको चर्चालाई आधार मानेर उनीहरूलाई उपनामसमेत दिइएको छ। वर्ष-२०११ का बेस्ट ड्रेस्ड महिलाहरूमा गसिप गल्र्सकी ब्लेक लाइभ्ली अग्रपंक्तिमा छिन्। रेड कार्पेट लुक्समा कुनै किसिमको मौका नगुमाउने ब्लेकको स्टाइल सेन्सका कारण उनले द रिक टेकरको उपनाम पाएकी छिन्। उनको आफ्नै स्टाइल छ। चाहे त्यो छोटो मिनी होस् वा फ्लोइङ गाउन्, ब्लेकको स्टाइल सेन्सले सबैलाई आकषिर्त गरेको छ।

ग्रामी एवार्ड्समा उनले लगाएको इमिलियो पुसी मिनी ड्रेस होस् वा एनवाइसी गालामा उनले लगाएको लन्डन ककटेल ड्रेस दुवैको खुब चर्चा भयो। ब्लेकको रेड कार्पेट उपस्थितिले पनि उत्तिकै ध्यान आकृष्ट गर्‍यो, उनी हुन् अभिनेत्री जेनिफर लोपेज। त्यही शैलीका कारण उनले द रुल ब्रेकरको उपनाम पाएकी छिन्। वर्ष २०११ का बेट ड्रेस्ड महिलाहरूको उत्कृष्ट दसमा परेकी २८ वर्षीया मिला कुनिजले द ग्ल्यामर गर्लको उपनाम पाएकी छिन्। हलिउडको रेड कार्पेट समारोहमा यो वर्ष उनको छविले बेग्लै पहिचान बनायो। चाहे त्यो फ्रेन्ड्स विथ बेनिफिट्सको मोसनमा उनले लगाएको अफ शोल्डर लान्भिन शिठ होस् वा ओस्कार एवार्ड समारोहमा ल्याभेन्डर रंगको लेस युक्त एली साब हट् कुटर गाउन, उनको पहिरन शैली आकर्षणको केन्द्र बिन्दु बन्यो। लिटिल ब्ल्याक ड्रेस, पर्फेक्ट ट्रेपी हिल्स, कोभटेड हेयरकट्, यी सबले परिचय बनायो जेनिफर एनिटनको। उनको यो शैलीले उनलाई द मिनीमालिटको उपनाम समेत प्रदान गर्‍यो।

यदि तपाईंसित सुन्दर शरीर छ भने त्यसलाई सुन्दर र आकर्षक रूपमा प्रस्तुत गर्न पनि जान्नुपर्छ भन्ने मान्यतालाई पछ्याउँदै जेनिफर हड्सनले आफ्नो तौल घटाइन् र बनिन् पिपुल्स बेस्ट ड्रेस्ड वुमेनको लिटमा द बम्बसेल। आफ्नो आकर्षक, सुन्दर र सुडौल शरीरलाई मिखाइल कोर्स र भिक्टोरिया बेकहमजस्ता डिजाइनरका कर्भ हगिङ ड्रेसबाट अझ आकर्षक रूपमा प्रस्तुत गर्न हड्सन यस पटक निकै अगाडि देखा परिन्। गर्भावस्थामा पनि जेसिका अल्बाको ड्रेसिङ शैलीले यस पटक धूम मच्चायो। त्यसैले उनले द म्याटर्निटी क्लोथहर्सको उपनाम प्राप्त गरिन्। चाहे कलर ब्लकिङ शैलीको पहिरन होस् वा ओभर साइज्ड म्याक्सी ड्रेस, उनी ग्ल्यामरस ममीका रूपमा देखा परिन्।

बेलायती राजघरानाको सदस्य बनेसँगै केट मिडलटनको चर्चा त चल्यो नै, साथै उनको स्टाइल सेन्स पनि उत्तिकै चासो विषय बन्यो। पब्लिक सामु आफूलाई कसरी इम्प्रेसिभ रूपमा प्रस्तुत गर्ने भन्ने कुरा राम्रोसँग बुझेकी केट मिडलटनको लुकले यो वर्ष निकै चर्चा बटुल्यो र उनी बनिन् पिपुल्स म्यागाजिनको बेस्ट ड्रेस्ड वुमेन लिस्टमा द टेटमेकर। डेनिमलाई कसरी, कहाँ र कुन रूपमा प्रस्तुत गर्नुपर्छ भन्ने कुराको ज्ञान केट बसवर्थ भन्दा सायदै अरू कसैलाई होला। यस पटक केट्को स्टाइलमा मात्र डेनिमको आकर्षण देखियो। चाहे मुलबेरी जम्पर होस् वा कफ्ड ब्वाइफ्रेन्ड जिन्स एन्ड बुटिज, उनी निकै आकर्षक र लोभलाग्दी देखा परिन्। त्यसैले पनि उनले द जिन क्विनको उपनाम

प्राप्त गरिन्।

वन्स अपन अ टाइमका टार जेनिफर गुडविन द हिपटरको उपनामले पिपुल्स म्यागाजिनको बेस्ट ड्रेस्ड वुमेनको टप टेन लिटमा छिन्। वन् लिभ लेमन रक्सान्डा इलिनिक ड्रेस होस् वा इमराल्ड ग्रीन कलरको टपसप गाउन, उनको लुक्सले रेड कार्पेट समारोहमा बेग्लै पहिचान बनाउन सफल देखियो। ब्राइट, रफ्ल्ड हानी वाइ सिथ होस् वा सेक्सी तर डेम्युर टेला म्याक कार्ट्नी फ्रक उनको स्टाइल रेड कार्पेट समारोहमा वेग्लै प्रभाव पार्न सफल देखियो। उनी हुन् रिज् विथरस्पुन र रिजले प्राप्त गरिन्- द अमेरिकन क्लासिकको उपनाम।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!