Image and video hosting by TinyPic

२०११ मा बलिउडका चर्चित १० नायक


सलमान खान (रेडी, बडीगार्ड)

सलमान खानको सफलताको झन्डा वर्ष-२०११ मा पनि लहरायो। सलमानले यो वर्ष रेडी तथा बडीगार्डजस्ता सुपरहिट चलचित्र दिए। यी चलचित्रमा सलमानको स्थानमा अन्य कुनै नायकले अभिनय गरेको भए चलचित्र असफल हुने पक्का थियो, किनभने यी दुवै चलचित्रका विषय सामान्य छन् तर सलमानको उपस्थितिले तीनलाई फरक बनाएको छ। मल्टिप्लेक्सदेखि लिएर स-साना गाउँका चलचित्र हलमा प्रदर्शन भएका यी दुवै चलचित्रले दर्शकको मन जिते। सलमानका प्रशंसकको संख्या वर्ष-२०११ मा थप वृद्धि भएको अनुमान गर्न सकिन्छ। वर्ष-२०१२ मा प्रदर्शन हुने उनका नयाँ चलचित्र थप सफल हुने समिक्षकहरुको दाबी छ।



इमरान हाशमी (दिल तो बच्चा है जी, द डर्टी पिक्चर, मर्डर-२)

बलिउडमा प्रवेश गर्दा इमरान हासमीले आजको स्थान हासिल गर्छु भन्ने सोचेकै थिएनन्। अहिले उनलाई बलिउडकै ठूला कलाकारको दर्जा दिइएको छ। वर्ष-२०११ मा उनको खातामा दुई सफल चलचित्र परे। मर्डर-२ मा उनी आफ्नो चिरपरिचित रंगमा देखिए भने द डर्टी पिक्चरमा उनले आफ्नो इमेजभन्दा पृथक् अभिनय गरे। उनको अभिनय शैलीमा पनि सुधार आइरहेको छ। यसका साथै युवापुस्तामा उनको क्रेज पनि बढ्दो छ। केही भिन्न गर्ने आफ्नो साहसका कारण पनि उनी दिन-प्रतिदिन सफल भैरहेका छन्।



इमरान खान (देल्ही बेल्ली, मेरे ब्रदर की दुल्हन)

वर्ष-२०११ मा आमिर खानका भान्जा इमरान खानको रेकर्ड शतप्रतिशत रह्यो। यी चकलेटी नायकले 'देल्ही बेल्ली' मा केही पृथक् काम गरे र सफलता पनि पाए। अर्कातर्फ मेरे ब्रदरकी दुल्हनमा उनले आफ्नो छविअनुरूपकै भूमिका निर्वाह गरे। सफलताको कसीमा तौलने हो भने उनले यसपटक आफ्ना प्रतिद्वन्द्वी रणवीर कपुरलाई पछि पारे।



रणवीर कपुर (रकस्टार)

चलचित्र रकस्टारका लागि रणवीरको जति प्रशंसा गरियो, त्यति नै सफलता चलचित्रले पाएको भए रणवीरको खुसी दुई गुणा बढ्थ्यो। यी नायकले आफूलाई अभिनय गर्न आउँछ भन्ने कुरा मात्र प्रमाणित गरेनन्, कठिन भूमिका समेत राम्रोसँग निर्वाह गर्न सक्छु भन्ने पनि प्रमाणित गरिदिए। 'रकस्टार' का लागि रणवीरले थुप्रै एवार्ड पाउन सक्छन्। व्यावसायिक रूपमा यो चलचित्र सफल नभए पनि रणवीरको दमदार अभिनयका कारण उनलाई दर्शकले लामो समयसम्म सम्झिरहनेछन्।



ऋतिक रोशन (जिन्दगी ना मिलेगी दोबारा)

चलचित्र 'जिन्दगी ना मिलेगी दोबारा' मा थुप्रै कलाकार मुख्य भूमिकामा थिए तर अन्त्यमा सफलता भने ऋतिक रोशनलाई मात्र मिल्यो, ऋतिकलाई एउटा सफल चलचित्रको खाँचो छ, किनभने उनलाई बलिउडको स्थापित नायकका रूपमा लिइन्छ। वर्ष-२०१२ मा प्रदर्शन हुने चलचित्र 'अग्निपथ' ऋतिकका लागि भाग्यशाली सावित हुनसक्छ।



अक्षय कुमार (देशी ब्वाइज, थ्यांक यू, पटियाला हाउस)

अक्षय कुमारको हरेक प्रयास असफल भैरहेको छ। वर्ष २०११ मा प्रदर्शन भएका उनका तीनमध्ये कुनै पनि चलचित्र सफल भएनन्। पटियाला हाउसमा उनी क्रिकेटर बने तर दर्शककै हातबाट स्टम्प्ट्ड भए। चलचित्र 'थ्यांक यू' मा श्रीमान्-श्रीमतीको सम्बन्ध सुमधुर बनाउने प्रयास गर्दा-गर्दै व्यावसायिक सफलतासँग सम्बन्ध बिगि्रयो। देसी ब्वाइजमा मेल एस्कट्ससम्म बने, तर त्यसले पनि खासै प्रगति भएन। अक्षय कुमारलाई अहिले पनि दर्शकहरू उत्तिकै मन पराउँछन् तर उनले राम्रो चलचित्र छनौट गर्नुपर्ने सामान्य कुरा बिर्संदा दर्शकहरू निराश भैरहेका छन्।



शाखरुख खान (रा.वन, डन-२)

वर्ष २०११ का अधिकांश महिना पत्रपत्रिका, वेबसाइट, टेलिभिजन तथा भारतका हरेक प्रमुख सहरमा शाहरुख खान नै छाइरहे। सायद सबैभन्दा धेरै पटक उनी नै देखिए, उनी नै पढिए तर रा.वनको अत्यधिक लागत हेर्ने हो भने त्यसको सफलतालाई सामान्य नै भन्नुपर्छ। शाहरुखले त आफ्नो लगानी उठाए तर थुप्रै वितरक नराम्रोसँग डुबे। दर्शकलाई रा.वन मन परेन। वर्षको अन्त्यमा प्रदर्शन भएको डन-२ बाट शाखरुखको भाग्य परीक्षण गर्नेछ ।



अमिताभ बच्चन (बुढ्ढा होगा तेरा बाप, आरक्षण)

चलचित्रको अभिनय भन्दा अमिताब हजुरबुवा बनेका कारण बढी चर्चामा आए। बुढ्ढा होगा तेरा बापमा उनले पुरानो लट्का-झड्का देखाए, तर दर्शकलाई त्यो मन परेन। आरक्षणको विषय नै दर्शकले मन पराएनन्। अमिताभले पनि त्यसलाई बचाउन सकेनन्। सफल-असफलभन्दा पनि यी महानायकबाट दर्शकले सधैं राम्रा चलचित्र अपेक्षा गरेका छन्।

अभिषेक बच्चन (दम मारो दम, गेम)

व्यक्तिगत जीवनमा वर्ष-२०११ ले अभिषेकको जीवनमा खुसीयाली ल्यायो। छोरीको आगमनले उनको खुसीको सीमा नै रहेन तर व्यावसायिक जीवनमा कुनै चमत्कार भएन। उनले अभिनय गरेका चलचित्र असफल भैरहे। उनका चलचित्र यति बढी असफल भए कि वितरक तथा निर्माताले आफ्नो पूरै पैसा गुमाए। दम मारो दमले असफलताको नयाँ रेकर्ड कायम गर्‍यो। यद्यपि असफलताको जत्ति नै लामो लाइन लागे पनि अभिषेकले चलचित्र पाइरहे।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!