Image and video hosting by TinyPic

क्याथरिन, जसको स्टाइल चर्चित रह्यो


बेलायती राजकुमार प्रिन्स विलियमसित यसै वर्षको अप्रिल २९, २०११ मा विवाह बन्धनमा बाँधिएकी हुन् केट मिडलटन। विश्वले प्रतीक्षा गरेको केट र प्रिन्स विलियमको विवाहसँगै केट बन्न पुगिन् क्याथरिन् अनि उनको पहिरनले विश्व फेसन स्टाइलमा धूम मच्चायो। क्याथरिनले विवाह समारोहमा लगाएको पहिरनले विश्वकै ध्यान आकृष्ट गर्‍यो। अलेकज्यान्डर म्याक्वीन क्रिएसनका लागि सराह बर्टनले डिजाइन गरेको क्याथरिन्को व्हाइट कलरको वेडिङ गाउन्मा फ्रेन्च च्यान्टीलि लेस, इङ्लिस क्लुनी लेस र आइभरी तथा ह्वाइट साटन गेजरको प्रयोग थियो। २ मिटर ७० सेन्टिमिटरको उक्त ड्रामेटिक पहिरन क्याथरिनमा पर्फेक्ट फिट थियो। वेडिङ गाउनको चर्चासँगै त्यसपछि क्याथरिनले लगाएका हरेक पहिरनले फेसन स्टाइलको संसारमा चर्चा बटुले।

विवाहको भोलिपल्ट बिहान बकिङ्घम प्यालेसको मैदानमा आफ्ना श्रीमान् प्रिन्स विलियमसित देखा परेकी क्याथरिन्ले जाराको ९० डलर मूल्यको सिम्पल तर स्टाइलिस ब्लू ड्रेस लगाएकी थिइन्। मे २४ मा बकिङ्घम प्यालेसमै अमेरिकी प्रथम महिला मिसेल ओबामासितको भेटमा क्याथरिनले र्फम फिटिङ रेइस ड्रेस लगाएकी थिइन्। त्यतिबेला क्याथरिन् हनिमुनबाट भर्खरै मात्र फर्किएकी थिइन्। राजपरिवारसँग जोडिएलगत्तैको पहिलो औपचारिक समारोहमा क्याथरिनले पिङ्क कलरको जेनी पाकहम गाउन लगाएकी थिइन्। यो अवसर थियो लन्डनमा आयोजित जून ९, २०११ को समारोह, जसलाई टन्थ एनुयल एब्सलुट रिटर्न फर किड्स गाला डिनरका रूपमा आयोजना गरिएको थियो।

जून ११, २०११ मा क्याथरिनको लुकमा ब्ल्याक एन्ड ह्वाइट जारा ड्रेस देख्न पाइयो। यो ड्रेस उनले २००७ मै लगाएकी थिइन्, तर यसपटक आफ्नो साथीको विवाह समारोहमा उनले त्यसलाई पुनः प्रयोगमा ल्याइन्। यसपटक उनको लुक्समा उक्त पहिरनसँगै पम्पस् फुटवेयर र स्लिभिया फ्लेचर अफ लक एन्ड कम्पनीको ह्याटको कम्बिनेसन अपडेट भएको थियो। जून ३०, २०११ मा क्याथरिनले पहिलो पटक क्यानेडियन भूमिमा पाइला टेकिन्। उक्त अवसरमा उनले क्यानेडियाली मूलका डिजाइनर अक्डेम मोरालियोग्लुले तयार पारेको नेभी एन्ड ह्वाइट ड्रेेस लगाएकी थिइन्। उक्त लेस सिथ पहिरिनसित उनले सिम्पल न्यूड एलके बेनेट पम्पस् र क्लचको कम्बीनेसन अपनाएकी थिइन्। जुलाई १ तारिकमा ओटावा सहरमा क्यानाडा डे सेलिब्रेसन समारोहमा उनी पुनः रिइस ड्रेसमा उपस्थित भइन्। यस पटक भने उक्त ड्रेससित उनले महारानी एलिजावेथको मेपल लिफ ब्रुच र स्लीभिया फ्लेचर ब्रान्डको ब्राइट रेड ह्याटलाई कोअर्डिनेट गरेकी थिइन्।

जुलाई ८ तारिख लसएञ्जलसस्थित ब्रिटिस कन्सुलर जनरलको निवासमा आयोजित प्राइभेट रिसेप्सनमा क्याथरिन भिभिड ग्रीन डियाने भोन फस्र्टेनवर्ग माजा ड्रेस र स्नेकस्कीन क्लचका साथ देखा परिन्। क्याथरिनको लुकमा क्यालिफोर्निया कूल अनुभव भयो जुलाई ९ मा, जब उनी चाइनोइजेरी प्रिन्ट जेनी प्याकहम ड्रेस, किकी म्याकडोनफ इयररिङ र न्यूड पम्पस्मा प्रस्तुत भइन्। केट उक्त लुकमा सान्ता बारबारा पोलो म्याचमा आफ्ना श्रीमान् प्रिन्स विलियमको हौसला बढाउन उपस्थिति भएकी थिइन्। बाफ्टा समारोहमा उपस्थित क्याथरिनको लुकले पनि उक्तिकै ध्यान आकषिर्त गर्‍यो। अमेरिकाको लसएन्जलसमा आयोजित उक्त समारोहमा हलिउडका सेलिब्रेटीहरूसित देखा परेकी क्याथरिनले ल्याभेन्डर रंगको अलेक्ज्यान्डर म्याक्विन प्लिटेड गाउन लगाएकी थिइन्।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!