Image and video hosting by TinyPic

सर्लाहीको हवल्दारको झुण्डीयर मृत्यु


भैरवनाथ गणमा कार्यरत सैनिक हवल्दार विजयराज काफ्ले गणको शौचालयमा मृत अवस्थामा फेला परेका छन्। गणको शौचालयको बारमा पासो लागेको अवस्थामा फेला परेकाले उनले आत्महत्या गरेको प्रहरीको शंका छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी अधिकारीका अनुसार आइतबार बिहान १० बजेतिर गणमा कार्यरत सैनिकले आत्महत्या गरेको जानकारी आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
'हामी पुग्दा शौचालयको छातामा रहेको फलाममा डोरीले झुन्डिएको अवस्थामा शव थियो' वृत्तका एक अधिकारीले भने, 'गणका अधिकारीले काफ्लेमा मानसिक समस्या देखिएकाले उपचार भइरहेको बताए।'
काफ्ले सर्लाही निवासी रहेको बुझिएको छ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!