Image and video hosting by TinyPic

फेस्टिभ मुडमा नेपाली सेलिव्रिटी


यतिबेला कतिपय नेपाली सेलिव्रिटी फेस्टिभ मुडमा छन् । क्रिसमस इभ सेलिव्रेसन गरेका उनीहरूले आइतबारको क्रिसमस डे पनि मनाउनेछन् । धर्ममा हिन्दू भएपनि उनीहरूले क्रिसमस मनाएर धार्मिक सहिण्णुताको सन्देश दिए । क्रिसमस सेलिव्रेट गर्न उनीहरूले गेट–टुगेदरको प्लान बुनेका छन् । कतिले आगो ताप्दै क्यारोल खेल्ने पनि छन् ।

हिरोइन नम्रता श्रेष्ठले लाजिम्पाटस्थित आफ्नै एटिक रेष्टुराँमा लेटनाइट क्रिसमस इभ पार्टी ज्वाइन गरिन् । डान्स पर्फमेन्स गरेकी नम्रताले साथीहरूसँग गेट–टुगेदर पनि गरिन् । ‘इभ निकै रमाइलो भयो’ क्रिसमसको शुभकामना दिँदै नम्रताले भनिन् । हिरोइन झरना थापाले त जारी होमप्रोडक्सन प्रोजेक्ट ‘फेसबुक’को सुटिङ सेटमा खसी काटेरै क्रिसमस इभ मनाइन् । मासुसहितको पार्टीमा उनले सुटिङ क्रिउसँग इभमा रोमान्स गरिन् । इभ पार्टीले बालाजु ल्याब रमाइलोमा थियो ।

जेसिस जमघटमा सौराहा पुगेका हिरो राजवल्लभ कोइरालाले इभमै काठमाडौं फर्किएर मोक्षमा १९७४ एडी ब्यान्डको कन्सर्टमा सहभागिता जनाए । ‘लेटनाइट पार्टी, गेटटुगेदर र रमाइलो भयो’ राज भन्छन्, ‘फेस्टिभल मनाउने प्यार्टन त एउटै हुन् तर धार्मिक सहिष्णुता झल्काउने हाम्रो प्रयास राम्रो छ ।’ निर्देशक सुदर्शन थापाले पेरिसमै परिवारसँग क्रिसमस मनाए । निर्देशक मुर्रे केरले काठमाडौंमै क्रिसमस मनाए । सेलिव्रिटीले सोसल साइटका वालमा लेखेका छन् –मेरी क्रिसमस ।’

!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!