Image and video hosting by TinyPic

२०११ मा बलिउडका चर्चित १० नायिका


विद्या बालन (नो वन किल्ड जेसिका, द डर्टी पिक्चर, दम मारो दम, थ्यांक यू)

द डर्टी पिक्चर को सफलतामा  सबैभन्दा महत्त्वपूर्ण योगदान विद्या बालनकै छ। यो चलचित्रले विद्यालाई यतिसम्म उचाइ दियो कि बलिउडमा 'किङ खान' को उपाधि पाएका शाखरुख खानसमेत मुख खोल्न बाध्य भए— 'अब यीनलाई विद्या खान भनेर बोलाउनुपर्छ।' सिल्क स्मिताको भूमिकालाई विद्याले यति प्रभावकारी ढंगले निर्वाह गर्छिन् भनेर कसैले सोचेकै थिएनन्। 'नो वन किल्ड जेसिका' मा विद्याले जेसिकाकी बहिनी सबरिनाको भूमिका विश्वसनीय शैलीबाट निर्वाह गरेर आफू हरेक प्रकारको भूमिका निर्वाह गर्न सक्षम भएको कुरा प्रमाणित गरेकी छिन्। 'थ्यांक यू' तथा 'दम मारो दम' मा छोटो तथा सामान्य भूमिकामा उनी कसरी प्रस्तुत भइन् भन्ने कुरा भने अनुत्तरित छ।



कट्रिना कैफ (मेरे ब्रदरकी दुल्हन, जिन्दगी ना मिलेगी दोबारा)

अघिल्लो वर्ष शिला की जवानी...गीतबाट चर्चामा रहेकी नायिका कट्रिना कैफले वर्ष २०११ मा अभिनय गरेका दुबै चलचित्र सफल भए। यतिमात्र होइन, कट्रिनाले निर्माता-निर्देशकहरूबीच आफू अभिनय पनि गर्न सक्छु भन्ने कुरामा पनि विश्वास दिलाइन्। मेरे ब्रदर की दुल्हन तथा जिन्दगी ना मिलेगी दोबारा में उनी केवल शो पिस मात्र थिइनन्, यी चलचित्रमा उनले त्यस्तो भूमिका निर्वाह गरिन् जुन उनले अहिलेसम्म गरेकै थिइनन्। 'बडिगार्ड' मा उनी एउटा मात्र गीतमा प्रस्तुत भएकी थिइन्, त्यो गीत पनि दर्शकले अत्यन्त मन पराए, जुन उनलाई वर्ष २०११ भाग्यशाली रह्यो भन्ने कुराको अर्को उदाहरण हो।



करिना कपुर (बडीगार्ड, रा.वन)

करीना एक मात्र त्यस्ती कलाकार हुन्, जसका चार चलचित्रले सन् २०१० मा १ सय करोड -भारतीय रुपैयाँ) भन्दा बढी कमाए। वर्ष २०११ मा प्रदर्शन भएका उनका दुवै चलचित्रले उक्त आँकडा पार गरे। करिनाले नृत्य गरेको 'छम्मक छल्लो...' गीतले थुप्रै दर्शकको मन जित्यो। उक्त गीतमा उनी अन्य गीतको तुलनामा थप सुन्दर देखिएकी थिइन्। वर्ष २०१२ मा करीनाका थप केही राम्रा चलचित्र प्रदर्शन हुने तयारीमा छन्। यही वर्ष उनी सेफ अलि खानसँग विवाहसमेत गर्दैछिन्।



प्रियंका चोपडा (सात खून माफ, डन-२)

प्रियंका चोपडाले जब-जब चलचित्रमा केही विशेष गरेकी हुन्छिन्, तब-तब ती चलचित्र बक्स अफिसमा असफल हुन्छन्। वर्ष २०११ मा प्रदर्शन भएको 'सात खून माफ' मा उनले १८ देखि ६० वर्षकी महिलाको भूमिका निर्वाह गरिन्। उनलाई अहिलेकी सबैभन्दा उत्कृष्ट नायिकामध्ये एक पनि मानियो, तर उक्त चलचित्र चल्न सकेन। 'रा.वन' मा शाहरूखका लागि उनले सानो भूमिका निर्वाह गरे पनि डन-२ मा भने उनी 'डन' कै जंगली बिरालो बनिन्।



कंगना रनावत (तनु वेड्स मनु, गेम, डबल धमाल, रास्कल्स, मिले ना मिले हम)

कंगनाले आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट चलचित्र 'तनु वेड्स मनु' वर्ष २०११ मै गरिन्। यो चलचित्रमा कंगनाले एउटी अल्हड युवतीको भूमिका निर्वाह गरेकी छिन्। यो चलचित्रबाट उनले सफलतासँगै प्रसंसा पनि पाइन्। त्यसो त कंगनाले अभिनय गरेका उनको करियरकै नराम्रा चलचित्र मिले ना मिले हम, गेम, रास्कल्स पनि यही वर्ष प्रदर्शनमा आएका छन्।



दीपिका पादुकोण (आरक्षण, देसी ब्वाइज)

गत वर्ष चारवटा असफल चलचित्रमा देखिएकी दीपिका पादुकोणका वर्ष २०११ मा प्रदर्शन भएका दुवै चलचित्र असफल भए। आरक्षण तथा देसी ब्वाइज उनका लागि फाइदाजनक रहेनन्। यसको ठीक विपरीत चलचित्र 'दम मारो दम' को शीर्षक गीतमा उनले गरेको आइटम नृत्य उनका दुई चलचित्रभन्दा बढी चर्चित भए। असफलताका बाबजुद उनी निर्माता-निर्देशकको रोजाइमा पर्न सफल भैरहिन्, किनभने उनलाई ग्ल्यामरस भूमिका सुहाउँछ। सिद्धार्थ माल्यालाई विशेष साथी बताइरहकी दीपिकाले पूर्वप्रेमी रणवीर कपुरसंग पुनः मित्रता गाँसिन्। दुवैले एउटा नयाँ चलचित्रमासँगै काम गर्ने घोषणा गरिसकेका छन्।



विपाशा बसु (दम मारो दम)

जोन अब्राहम विपाशाको जीवनबाट टाढिएलगत्तै वर्ष २०११ को एक मात्र चलचित्र 'दम मारो दम' बाट पनि विपाशाले असफलता नै बेहोर्नुपर्‍यो। समग्रमा यो वर्षले विपाशालाई नमीठो सम्झना दिएर गयो। भनिन्छ, प्रेममा मुटु टुक्रिएपछि अहिले विपाशा आफ्नो करियरप्रति गम्भिर हुँदै यसैमा केन्दि्रत छिन्। यसबीच वर्ष २०११ को अन्त्यमा आएर विपाशाले केही राम्रा चलचित्र पाएकी छिन्। व्यक्तिगत सम्बन्धका कारण विपाशा वर्ष भरी नै चर्चामा रहिन्। विभिन्न कलाकारसँग उनको नाम लगातार जोडिरह्यो।



अनुष्का शर्मा (पटियाला हाउस, लेडिन वर्भेस रिकी बहल)

अहिलेसम्म पनि अनुष्का यशराज ब्यानरकी नायिका भएको छाप परिरहेको छ। त्यसैले उनलाई बाहिरका निर्माताहरू चलचित्रमा लिन रुचाइरहेका छैनन्। त्यसो त उनको रेकर्ड भने राम्रो छ। उनको अभिनय पनि सन्तोषजनक छ। वर्ष २०११ को प्रारम्भमै प्रदर्शन भएको 'पटियाला हाउस' ले उनको अभिनय यात्रालाई खासै फाइदा पुर्‍याएन। वर्ष २०११ को अन्त्यमा प्रदर्शन भएको 'लेडिज भर्सेस रिकी बहल' ले पनि उनको करियरलाई उचाइमा पुर्‍याउन सकेन।



सोनम कपुर (थ्यांक यू, मौसम)

युवाहरूबीच लोकप्रिय सोनम कपुरले अब पनि केही राम्रो गर्ने प्रयास गरिनन् भने उनलाई बलिउडले चाँडै बिदा दिनेछ। थ्यांक यु तथा मौसम जस्ता चलचित्रले उनलाई माथि उठाउनुको साटो अझ तल पुर्‍याइदिए। यति हुँदाहुँदै पनि निर्माता-निर्देशकहरूबाट टाढा-टाढा जानु सोनमका लागि फाइदाजनक नहुने बलिउडका समीक्षकहरूको दाबी छ।



नेहा धुपिया (परम विर चक्र, डियर फ्रेन्ड हिट्लर, पप्पु कान्ट डान्स साला)

सुन्दरताको दृष्टिकोणले उनी बलिउडका कुनै नायिकाभन्दा कम छैनन् तर वर्ष २०११ मा प्रदर्शन भएका उनका करिब आधा दर्जन चलचित्रलाई दर्शकले एक साता पनि झेल्न सकेनन्। दक्षिण भारतीय चलचित्र ँपरमवीर चक्र’ ले पनि उनको करियरलाई माथि उठाउन सकेन। हिट्लरकी प्रेमिकाको भूमिकामा मन पराइएकी नेहालाई हास्यकलाकार विनय पाठकको जोडी बन्न नसुहाएको प्रतिक्रियाहरू सार्वजनिक भए।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!