Image and video hosting by TinyPic

संसारबाट बिदा भएका हस्तीहरू


सत्य साइबाबा

भगवान्का रूपमा पुजिएका सत्य साइबाबालाई पनि वर्ष २०११ मा गुमाउनुपर्‍यो। विक्रम संवत्अनुसार गत वैशाख ११ गते आइतबार बिहान सत्य साइबाबाले महाप्रस्थान गरेका हुन्। धर्मगुरु साइबाबा ५० करोडभन्दा बढी नागरिकका आस्थाका पुञ्ज थिए। जीवित भगवान्का रूपमा उनलाई पूजा गर्दै आइएको थियो। उनको दर्शन पाउन करोडौं व्यक्ति भारतको पूट्टपर्ती पुग्ने गरेका थिए। ८५ वर्षको उमेरमा निधन भएका साइबाबाले ९५ वर्षमा आफू समाधिस्थ हुने बताएका थिए, तर ११ वर्षअगावै उनलाई विश्वले गुमाउनुपर्‍यो। साइबाबाको लामो समयदेखि उनले आफैं स्थापना गरेको हायर मेडिकल साइन्समा उपचार भैरहेको थियो। मुटु, मृगौला आदिमा समस्या देखिएपछि लगातार १ महिना उपचारमा रहेका साइबाबा अन्ततः यो संसारबाट बिदा भए। सत्य साइबाबाको नामले परिचित उनलाई सन् १९१८ मा महाप्रस्थान गरेका सिरडि साइबाबाको अवतार मानिन्थ्यो। वाल्यकालदेखि नै चमत्कारिक प्रदर्शन गर्दै आएका साइबाबाले स्थापना गरेको सत्य साई ट्रष्टले पछिल्लो समय स्वास्थ्य, शिक्षाजस्ता सामाजिक कार्यमा करोडौं खर्च गर्दै आएको थियो। साइबाबाको निधनको खबरले उनका भक्तजनहरू गहिरो शोकमा डुबेका थिए।

किम जोङ इल

उत्तर कोरियाली नेता तथा राष्ट्रपति किम जोङ इलको गत डिसेम्बर १७ का दिन हृदयघातका कारण मृत्यु भयो। उत्तर कोरियाको सरकारी टेलिभिजनले यो कुराको पुष्टि गरेको थियो। यसभन्दा पहिले पनि सन् २००८ मा उनलाई हृदयाघात भएको थियो, तर त्यतिबेला उनी उपचारका कारण बाँच्न सफल भए। राष्ट्रपति किम जोङ इलले सन् १९९४ देखि उत्तर कोरियाको सत्ता सम्हालिरहेका थिए। सन् २०१० को अक्टोबरमा उनले आफ्ना कान्छा छोरा किम जोङ उनलाई आफ्नो उत्तराधिकारी घोषणा गरेका थिए। 

स्वेतलाना एल्युएना

सोभियत संघका तत्कालीन तानाशाह जोसेफ स्टालिनकी एक मात्र छोरी स्वेतलानाको गत नोभेम्बर २२ मा अमेरिकामा मृत्यु भयो। उनी पछिल्लो समयमा कम्युनिष्ट भएकोमा पश्चात्ताप गर्थिन्। उनले आफ्नो नामसमेत परिवर्तन गरेर लुना पिटर्स राखेकी थिइन्। उनी पछिल्लो समय अमेरिकामा बस्थिन् र अमेरिकी नागरिक बनेकी थिइन्।

जो फ्रेजियर

जो फ्रेजियर कुनै समयका हेभिवेट वल्र्ड बक्सिङ च्याम्पियन थिए। आफूले खेलेका ३२ मध्ये २७ खेलमा उनी विजयी भएका थिए। गत नोभेम्बर ७ मा उनको मृत्यु भयो। उनी ६७ वर्षका थिए। जोलाई एक महिना पहिले मात्र कलेजोको क्यान्सर भएको थियो।

कर्णेल मुअम्मर गद्दाफी

गत अक्टोबर २० मा ६९ वर्षको उमेरमा लिबियाको सिर्ते भन्ने स्थानमा मृत्यु भयो। उनलाई लिबियामा आन्दोलन गरिरहेका विद्रोहीहरूले कब्जामा लिई हत्या गरेको बताइन्छ। लिबियामा आन्दोलन चर्कंदै जाँदा नेटो सेनाले समेत विद्रोहीहरूलाई साथ दिएको थियो।

स्टिभ जब्स

जब्सको अक्टोबर ५ मा मृत्यु भयो। स्टिभ जब्स एप्पल कम्पनीका संस्थापक थिए। एप्पलले विकसित गरेको आइम्याक, आइट्युन्स, आइपड, आइफोन र आइप्याडसम्ममा उनको महत्वपूर्ण योगदान छ। यी डिभाइसले मानिसको जीवनमा निकै परिवर्तन ल्याउन सहयोग गरेका छन्। त्यसैले एप्पलसँगै जब्सको चर्चा पनि चुलिएको थियो। सन् २००३ मा उनलाई प्यांक्रियाजको क्यान्सर भएको पत्ता लागेको थियो। त्यतिबेला उनको उपचार पनि भएको थियो। सन् २००९ मा उनको कलेजो प्रत्यारोपण गरियो। त्यसपछि उनी स्वस्थ नै थिए, तर तुलनात्मक रूपमा अलि दुब्लाउँदै गएका थिए। सन् २०११ को अगस्टमा उनले एप्पलको सीईओबाट राजीनामा दिएका थिए, तर उनी त्यसको अध्यक्षका रूपमा भने काम गरिरहेका थिए।

वा·ारी माथाई

सन् २००४ को नोवेल शान्ति पुरस्कार विजेता वाङ्गारी माथाईको पनि यही वर्षको सेप्टेम्बर २५ मा मृत्यु भयो। उनी क्यान्सर रोगले थलिएकी थिइन्। उनी गि्रन बेल्ट मुभमेन्टकी संस्थापक

थिइन्। माथाई नागरिक अधिकारकर्मीका रूपमा परिचित थिइन्। उनी केन्याको संसद सदस्य पनि थिइन्।

मकबुल फिदा हुसेन

विवादास्पद र लोकपि्रय कलाकार मकबुल फिदा हुसेनको गत जून ९ तारिखका दिन लन्डनमा निधन भयो। उनी ९६ वर्षका थिए। उनी आफूले बनाएका हिन्दू देवी देवताका आपत्तिजनक तस्बिरका कारण चर्चामा रहन्थे र आलोचित पनि हुन्थे। यसका कारण पनि भारतमा जन्मिए पनि उनी पछिल्लो समय ब्रिटेनमा बसोबास गर्थे। उनी भारतका सर्वाधिक महँगा चित्रकार मानिन्थे। उनको एउटा तस्बिर २० लाख डलरमा बिक्री भएको थियो।

डा. ज्याक केभोर्कियान

डा. डेथका रूपमा परिचित डा. ज्याक केभोर्कियानको गत जून ३ का दिन मृत्यु भयो। उनले विभिन्न प्रकारका बिरामीलाई आत्महत्या गर्न प्रेरित गर्थे। यसरी उनले १ सयभन्दा बढी व्यक्तिलाई मर्न सहयोग पुर्‍याएको बताइन्छ। ज्याक ८३ वर्षका थिए।

ओसामा बिन लादेन   

गत मे २ का दिन पाकिस्तानको एबोटाबादमा अमेरिकी सेनाको आक्रमणबाट ओसामा बिन लादेनको मृत्यु भयो। उनलाई अमेरिकी सेनाले हवाई आक्रमण गरी मारेको बताइयो। उनको शवलाई तत्कालै समुद्रमा मिल्काइएको खबर पनि प्रसारित भयो। जे भए पनि लामो समयसम्म अमेरिका र अन्य बहुराष्ट्रिय सेनाको खोजीमा रहेका ओसामाको मृत्युले आतंकवादको अन्त्यमा सहयोग पुग्ने दाबी गरिएको छ। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावर आक्रमणमा ओसामाको मुख्य हात रहेको विश्वास गरिन्छ।

एलिजावेथ टेलर

अमेरिकी चलचित्रकी प्रसिद्ध नायिका तथा तीन पटककी एकेडेमी एवार्ड विजेता एलिजावेथ टेलरको गत मार्च २३ का दिन मृत्यु भयो। उनी ७९ वर्षकी थिइन्।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!