जेठी श्रीमती विजया तर्फकी छोरी काजोलको नामबाट खडा गरिएको ब्यानरबाट हरेक फिल्म बनाउदै आएका भुवनले यसपालि देखि जेठी पट्टीकै छोरा विवेक र डिभोर्स गर्ल सुस्मिता तर्फका छोरा अनमोललाई पनि प्रोड्यूसरको रूपमा अघि सारेका छन् । पब्लीसिटी पोष्टरमा स्टोरी कन्सेप्टको जस सुस्मितालाई नै दिएका छन् भुवनले ।
ज्योतिषले अंकगणितिय हिसाव मिलेको खण्डमा पारिवारिक झमेला समेत अन्त्य हुने बताएको कुरा मिलेकाले पनि भूवनले आफ्नो नाममा एउटा n थपेका हुन् । अहिले उनी जेठी श्रीमतीसंग जीवन विताईरहेका छन् ।
'साथी म तिम्रो' बाबु र छोराको कहानीमा आधारित छ । जहाँ पाँच बर्षे नायक शिर्षक सापकोटा चलचित्रका मुख्य हिरो हुन् । शिर्षक संगीतकार चेतन सापकोटाका छोरा हुन् । शिर्षकको अभिनय उत्कृष्ट रहेको भन्दै भुवन भन्छन्, 'मेरो फिल्मको हिरो म हैन मेरो सानो छोरा हो ।' शिव रेग्मी निर्देशित उक्त चलचित्रमा भुवन सहित रेखा थापा, ऋचा घिमिरे पनि मुख्य भूमिकामा छन् । एक गीतमा अनमोल पनि छन् ।
शम्भु सापकोटाको छायाकंन, राजेन्द्र खड्गीको द्धन्द तथा शम्भुजीत बास्कोटाको संगीत समावेश उक्त चलचित्रमा कविराजको नृत्य निर्देशन रहेको छ ।