Image and video hosting by TinyPic

अनेरास्ववीयुद्वारा सर्लाहीको हजरीयामा रहेको सरस्वती उच्च माविमा अनिश्चितकालिन तालाबन्दी


पुस १९, सर्लाहीको हजरीया-८ मा रहेको सरस्वती उच्च माविमा आजदेखि अनेरास्ववीयुले अनिश्चितकालिन तालाबन्दी गरेको छ । अनेरास्ववीयु सर्लाहीका उपाध्यक्ष आशिष पौडेलको नेतृत्वमा गएको विद्यार्थी टोलीले विद्यालयमा तालाबन्दी गरेको हो ।

शिक्षक नियुक्तीको विषयमा विवाद उत्पन्न भएर विगत १५ दिनदेखि एकीकृत नेकपा माओवादीले प्रशासनमा तालाबन्दी गरेका कारण विविध प्रशासनिक समस्या उत्पन्न भएकाले प्रशासनको ताला खुलाउन दवाव दिन तालाबन्दी गरिएको अनेरास्ववीयुले सर्लाहीले जनाएको छ ।

माओवादीले प्रशासनमा लगाएको ताला खुलाउन दवाव दिने उद्देश्यले विद्यालयको गेटमै तालाबन्दी गरिएको अनेरास्ववीयु जिल्ला सचिव मोहन भण्डारीले जानकारी दिनुभयो । तालाबन्दीसँगै आजबाट विद्यालयको पठनपाठन पनि ठप्प भएको छ । पठनपाठन ठप्प भएपछि विद्यालयमा अध्ययनरत करिब ८ सय विद्यार्थी मर्कामा परेका छन् ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!