Image and video hosting by TinyPic

नेपाल सरकारले बर्दिवास स्थित जिल्ला स्तरका सम्पुर्ण सरकारी कार्यालयहरु जलेश्वरमा सार्ने भनि गरेको निर्णयको बिरोधमा आज २ घण्टा चक्का जाम र बर्दिबास बजार बन्द गरीएको छ । साथै सरकारी निर्णयको विरोध गर्दै  पूर्व– पश्चिम राजमार्ग अवरुद्ध गरि शंख फुकेर सेतो कपडा लगाई सरकारको बिरोधमा शोक जुलुश गरेका थिए ।

महोत्तरी जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा लाई पायक पर्ने गरि एकिकृत सेवा केन्द्र स्थापनाको माग गर्दे संघर्ष समिति डेलीगेसनमा जाँदा  तिन महिना भित्रमा  माग पुरा गरिदिने आश्वासन बर्तमान प्रधान मन्त्रीले दिए पनि  २० दिन पश्चात  जनताको जायज मागहरु पुरा गर्नुको सट्टा बर्दिवासमा भएका सम्पूर्ण  सरकारी कार्यालयहरु जलेश्वर सार्न निर्देशन दिएको भन्दै पुनः आन्दोलन शुरु भएको संघर्ष समितिले जनाएकोछ ।

जुलुस बर्दिवास नगर परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । कोण सभामा एनेकपा माओबादीका असलमान तामाङ्ग, युवा संघ महोत्तरीका अम्त्रिका गौतम तथा चुरेभावर राष्ट्रिय एकता पार्टिका सञ्जय न्यौपाने लगाएतका बत्ताहरुले बोल्नु भएको थियो भने कार्यक्रम सञ्चालन बर्दिवास सेवा समितिका बिदुर भट्टराईले गर्नु भएको थियो । त्यस्तै आज बेलुकी ४ बजे संघर्ष समितिको बैठक बसि भोलीका कार्यक्रमको घोषणा गरिने संघर्ष समितिका बिष्णु बम्जनले जानकारी दिनु भएको छ ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!