Image and video hosting by TinyPic

काम गरेर विद्याथी अब पढन पाउने


राजकरण महतो ,बर्दिबास ,महोत्तरी

महोत्तरीको बर्दिबासको केन्द्रविन्दुमा रहेको नव क्षितिज उच्च मा.वि.एवम क्याम्पसका विद्यार्थीहरुले अब बिहान पढ्न पाउने भएका छन् । क्याम्पसका स्नातक तहको प्रथम वर्षदेखी तेश्रो वर्ष सम्मका विद्यार्थीहरु भवनको अभावमा दिउँसो पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दैै क्याम्पसले नयाँ भवन बनाउने कार्य अगाडी बढाएपछि दिउँसो पढ्ने विद्यार्थीहरु विहान पढ्न पाउने भएका हुन् । । करिब ६ महिनादेखी भवनको अभावमा स्नातक तह शिक्षा संकायका सयौं विद्यार्थीहरु क्याम्पसमा अध्ययन गर्न नपाएका  क्याम्पसका प्राचार्य यादब प्रसाद अधिकारीले बताउनु भयो  । विशेष गरी काम गरी अध्ययन गर्ने विद्यार्थीहरुको काम गर्ने समयमा क्याम्पसले कक्षाकोठाको  अभावको समस्याको कारणले गर्दा दिउँसो १ बजे देखी ४ बजे सम्म कक्षा संचालन  गर्दा काम गरेर अध्ययन गर्ने विद्यार्थीहरु पढन नपाएको स्नातक दोस्रो बर्षको शिक्षा संकायमा अध्ययन गरी ऐभरेष्ट बोडिंग स्कूलमा अध्यापन गराई राख्नु भएका महेन्द्र साफीले बताउनु भयो । क्याम्पसले यसै बर्षबाट  बर्दिबासमा रहेका अन्य क्याम्पसमा नभएको विषय सुरु गरेपछी क्याम्पसमा कक्षा कोठाको अभाव भएको क्याम्पसका व्यवथापक एस .एन मmाले पञ्चधुरा साप्ताहिकलाई जानकारी गराउनु भयो । क्याम्पसले अब केही दिन पछि  बिहान कक्षा संचालन गर्नलागेपछि  क्याम्पसका स्नातक तहको प्रथम वर्षदेखी तेश्रो वर्ष सम्मका विद्यार्थीहरु खुशि भएका छन् ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!