Image and video hosting by TinyPic

चार महिनामा ८ लाख रुपैयाँ भन्दा बढि राजश्व संकलन


जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८ लाख रुपैयाँ भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन देखि कात्तिक महिना सम्ममा राजमार्गमा नियम विपरित गुडेका ५ हजार ८६ वटा विभिन्न सवारी साधनलाई कारबाही गरी ८ लाख १ हजार ३ सय रुपैँया राजश्व संकलन गरेको हो । ४ महिना मध्ये  सवैभन्दा बढी कात्तिक महिनामा २ लाख ३८ लाख १ सय ५० रुपैँया संकलन भएको कार्यालयले जनाएको छ । कात्तिक महिनामा मात्रै ९ सय १० वटा नियम विपरित गुडेका सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी सर्लाहीले जनाएको छ । यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा जिल्लाका विभिन्न स्थानमा गरि ९ वटा दुर्घटना भएका छन् भने दुर्घटनामा ४ पुरुष र २ महिला गरि ६ जनाले ज्यान गुमाएका र ६ गम्भीर सहित ७ जना घाइते  भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव निरीक्षक वेनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!