Image and video hosting by TinyPic

सर्वाधिक कामुक पुरुष


पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ। कामुकताको परिभाषामा पुरुषहरूलाई महिलाहरू जस्तो शारीरिक आकर्षणसँग जोडिएको पाइँदैन। मानिससँग गर्ने व्यवहार, बोली वचन र आफ्नो क्षेत्रमा प्राप्त सफलताले पुरुषहरूको आकर्षणलाई परिभाषित गरेको पाइन्छ। यसै सन्दर्भमा यो वर्ष ग्ल्यामर म्यागजिनले वर्ष २०११ मा आफ्नो कार्य क्षेत्रको सफलता र महिलाहरूलाई आफूतर्फ आकषिर्त गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ। जसमा पहिलो नम्बरमा रोबर्ट पेटिन्सन छन्।



रोबर्ट पेटिन्सन

मोडलिङ, अभिनय एवं संगीत जस्ता तीनवटा फरक विधामा नाम कमाएका रोबर्ट डग्लस थोमस पेटिन्सन ग्ल्यामर म्यागजिनले जारी गरेको संसारका सर्वाधिक कामुक पुरुषहरूको सूचीमा पहिलो स्थानमा छन्। १३ मे १९८६ मा जन्मिएका पेटिन्सन बेलायतका नागरिक हुन्। सन् २००४ देखि मनोरन्जनको संसारमा उदाएका पेटिन्सन चलचित्र निर्माणको क्षेत्रमा पनि सक्रिय छन्। सन् २०११ मा उनी वाटर अफ एलिफेन्ट नामक चलचित्रका कारण चर्चामा आएका हुन्। कामुक पुरुषहरूको सूचीमा पेटिन्सन पहिलो पटक पहिलो दस स्थानमा परेका हुन्।



अलेक्जेन्डर कार्सगार्ड

कामुक पुरुषहरूको यो सूचीको सातौं स्थानमा अलेक्जेन्डर कार्सगार्ड छन्। चलचित्र निर्देशक तथा अभिनेता अलेक्जेन्डर जोहान जाल्मर कार्सगार्ड स्वीडेनका नागरिक हुन्। सन् १९७६ अगत २५ मा जन्मिएका कार्सगार्ड चलचित्र, टेलिभिजन तथा रंगमञ्च तीनै विधामा सिद्धहत निर्देशक तथा अभिनेता मानिन्छन्। उनले सन् २००१ मा पहिलोपटक चलचित्र जुल्यान्डरका लागि चर्चा कमाएका थिए। त्यसपछि हन्डटि्रकेट चलचित्रका लागि ओस्कारमा नामांकित भएर कार्सगार्ड सबैको आँखामा परेका थिए।



जोनी डेप

सूचीको तेस्रो स्थानमा हलिउडका चलचित्र अभिनेता जोडी डेप छन्। सन् १९६३ जुन ९ मा जन्मिएका जोनी डेप पाइरेट्स अफ द क्यारिबियन सिरिजका चलचित्रका कारण चर्चामा आएका हुन्। अघिल्लो वर्ष उनी यो सूचीमा छैटौं स्थानमा थिए। आफ्नो फरक र विशिष्ट गेटअपका कारण ४७ वर्षीय जोनी युवा अवस्थादेखि नै सुन्दरीहरूको मनमा रहन सफल छन्।



ज्याक एफ्रोन

गायक तथा अभिनेता ज्याकेरी डेभिड एलेक्जेन्डर एफ्रोन कामुक पुरुषहरूको यो सूचीको पाँचौँ स्थानमा छन्। सन् १९८७ अक्टोबर १८ मा जन्मिएका एफ्रोन आफ्ना गीतहरूका कारण लोकप्रिय भएका हुन्। सुनमा सुगन्ध भनेझैँ अभिनयमा पनि खारिएका एफ्रोन फेसन आइकनका रूपमा पनि चर्चामा रहन्छन्। फायर फ्लाई ईआर र द गार्जियन जस्ता सोप अपेराहरूबाट चर्चामा आएका एफ्रोन पहिलोपटक कामुक पुरुषहरूको यस्तो सूचीमा पहिलो दस स्थानमा परेका हुन्।



जारेड फलोविल

किंग्स अफ लियोन नामक चर्चित सांगीतिक ब्याण्डका सदय जारेड फलोविल को जन्म सन् १९८२ जनवरी १४ मा भएको हो। फलोविल कामुक पुरुषहरूको सूचीमा नवौं स्थानमा रहेका गायक, चलचित्र अभिनेता, निर्देशकहरूको दबदबा रहेको यो सूचीमा ब्याण्ड सदस्यका रूपमा प्रवेश पाउने एक्लो व्यक्ति हुन्। आफ्नो ब्यान्डमा गिटारिस्टका रूपमा सक्रिय फलोविल संलग्न रहेको ब्यान्डका सबै सदस्य उनका दाजुभाइ हुन्। सन् १९९९ देखि ब्यान्डमा सक्रिय फलोविलले पछिल्लो समयमा होली रोलर नोभोकेन, युथ एन्ड योंग म्यानहुड, आहा सेक हर्ट ब्रेक, बिकज अफ दि टाइम्सजस्ता संगीत एल्बम जारी गरिसकेको छ।



प्रिन्स हेरी

बेलायतको राजगद्दीका तेस्रो नम्बरका उत्तराधिकारी प्रिन्स हेरी कामुक पुरुषहरूको यो सूचीको दसौँ स्थानमा छन्। बेलायतको राजपरिवारबाट यस्तो सूचीमा स्थान पाउने प्रिन्स हेरी एक्लो हुन्। बेलायतका युवराज चाल्र्स तथा स्व. युवराज्ञी डायनाका कान्छा छोरा हेरीको जन्म सन् १९८४ सेप्टेम्बर १५ मा भएको थियो। हाल बेलायतको सेनामा कार्यरत प्रिन्स हेरी बि्रटिस सेनाको गोर्खा रेजिमेन्टका कमान्डरका रूपमा पनि चर्चित छन्। इराक र अफगानिस्तानको युद्ध मोर्चामा सहभागिता जनाइसकेका हेरी आफ्नो खुलापनका कारण चर्चित भएका हुन्।



टेलर लुटनर

मोडलिङ र अभिनयमा नाम कमाएका टेलर डेनियल लुटनर कामुक पुरुषहरूको यो सूचीमा दोस्रो स्थानमा छन्। ११ फेब्रुअरी १९९२ मा जन्मेका लुटनर यतो स्थान प्राप्त गर्ने सबैभन्दा कान्छा सेलिबि्रटी हुन्। उनी पहिलोपटक यस्तो सूचीमा परेका हुन्। मोडलिङ र अभिनयका अतिरिक्त रेडियो जक्की र भ्वाइस डबिङमा पनि उनको सक्रियता लोभलाग्दो छ। लुटनर पछिल्लो समयमा चलचित्र अब्डक्सनका कारण चर्चामा थिए।



डेभिड बेकह्याम

इङ्लिस फुटबलका आइकन मानिने डेभिड रोबर्ट जोसेफ बेकह्याम कामुक पुरुषहरूको यो सूचीको चौथो स्थानमा छन्। चलचित्र, मोडलिङ एवं संगीतको बोलवाला रहेको यो सूचीमा खेलाडीका रूपमा प्रवेश पाउने उनी एक्ला सेलिबे्रटी हुन्। सन् १९७५ मे २ मा जन्मिएका डेभिड बेकह्याम कुनै बेला संसारकै सर्वाधिक महँगा फुटबल खेलाडी थिए। खेलजीवनमा यस्तो सूचीमा नपरेका बेकह्याम अवकाश लिएपछि यस्तो सुचीमा परेर सबैलाई चकित पार्न सफल भएका छन्।



गेरार्ड बटलर

गायक तथा अभिनेता गेरार्ड जेम्स बटलर कामुक पुरुषहरूको यो सुचीमा छैटौं स्थानमा छन्। सन् १९६९ नोभेम्बर १३ मा जन्मिएका बटलर आफ्ना अभिनय र गीतहरूका कारण लोकप्रिय भएका हुन्। सन् २००१ मा सार्वजनिक भएको टेलिचलचित्र अटिलाबाट चर्चामा आएका बटलर यो सूचीमा सामेल हुने एक्ला स्कटिस हुन्। अहिले हलिउडमा सक्रिय बटलरलाई ग्ल्यामर म्यागजिनले आगामी दसकको अभिनेताका रूपमा प्रस्तुत गरेको छ।



गारेट हेडलन्ड

चलचित्र अभिनेता गारेड जोन हेडलन्ड आफ्नो बेग्लै किसिमको अभिनयका लागि चर्चामा रहन्छन्। फरक अभिनयले उनलाई कामुक पुरुषहरूको यो सूचीमा आठौँ स्थान दिएको छ। सन् १९८४ सेप्टेम्बर ३ मा जन्मेका गारेट पहिलोपटक ब्राड पिट अभिनित चलचित्र ट्रोयमा देखापरेका थिए। ट्रोयमा ब्राड पिटलाई टक्कर दिएपछि निरन्तर उकालो हिँडिरहेका गारेट पछिल्लो समयमा चलचित्र कन्ट्री ट्रोङका कारण चर्चामा छन्। टेलिभिजन र भिडियो गेम निर्माताका रूपमा पनि गारेटको चर्चा हुन्छ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!